कीवर्डहरू -

नेपाल टेलिकमले प्राप्त गर्‍यो मोबाइल सेवाको नयाँ लाइसेन्स

नेपाल टेलिकमले प्राप्त गर्‍यो मोबाइल सेवाको नयाँ लाइसेन्स

नेपाल टेलिकमले मोबाइल सेवाको नयाँ लाइसेन्स प्राप्त गरेको छ ।

शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरणको बैठकले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई नयाँ लाइसेन्स दिएको हो । 

नेपाल टेलिकमले २०५६ वैशाख २९ मा २५ वर्षे अवधिको लाइसेन्स पाएको थियो । सो लाइसेन्सको अवधि शुक्रबार अर्थात आज सकिँदै थियो ।

प्राधिकरणले २१ करोड दस्तुर लिएर ५ वर्षको लागि मोबाइल सेवाको लाइसेन्स दिएको हो ।

बिहीबार मात्रै मन्त्रिपरिषद् बैठकले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई अनुमति पत्र जारी गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।