दूरसंचार
नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन : सेवा छिटो, सहज र पूर्ण डिजिटल बनाऊ
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई सेवाग्राहीलाई अझ छिटो, सहज र प्रविधिमैत्री सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् । उनले सेवा प्रवाहमा डिजिटल प्रणालीको प्रभावकारी कार्यान्वयनसँगै ग्राहकको व्यक्तिगत विवरणको सुरक्षा सुनिश्चित गर्न पनि जोड दिएका छन् ।
मंगलबार सुन्धारास्थित नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालय अन्तर्गतको बिजनेस सपोर्ट सिस्टम (बीएसएस) विभाग तथा दूरसञ्चार कार्यालयको निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले सेवा प्रवाहको अवस्था, डिजिटल प्रणाली र ग्राहक सेवाबारे जानकारी लिएका थिए ।
निरीक्षणका क्रममा टेलिकमका प्रबन्धक शालिकराम सुवेदीले सूचना प्रविधिमा आधारित सेवा सञ्चालन, बिलिङ प्रणाली र ग्राहक व्यवस्थापनसम्बन्धी कार्यप्रणालीबारे जानकारी गराएका थिए । त्यसपछि मन्त्री तिमिल्सिनाले कार्यालयमा पुगेका सेवाग्राहीसँग प्रत्यक्ष संवाद गर्दै सेवा प्राप्त गर्ने अनुभवबारे प्रतिक्रिया संकलन गरेका थिए ।
सेवाग्राहीहरूले नयाँ सिम कार्ड, ई-सिम, बिल भुक्तानी, टेलिफोन तथा इन्टरनेट सेवामा पहिलेको तुलनामा छिटो सेवा पाएको र लामो समय लाइनमा बस्न नपरेको बताएका थिए ।
निरीक्षणपछि मन्त्री तिमिल्सिनाले ग्राहकका विवरण सुरक्षित रूपमा डिजिटल डाटाबेसमा व्यवस्थापन गर्न र एकपटक विवरण अद्यावधिक गरिसकेपछि पुन: सेवा लिँदा बारम्बार उही कागजात पेश गर्नुपर्ने झन्झट हटाउन टेलिकम व्यवस्थापनलाई निर्देशन दिए ।
उनले सेवा प्रवाहलाई थप पारदर्शी, भरपर्दो र ग्राहकमैत्री बनाउन आवश्यक सुधारलाई तीव्रता दिन पनि आग्रह गरे । यसैबीच, सुन्धारा दूरसञ्चार कार्यालयका प्रमुख निर्मलराज चटौतले टेलिकमले अधिकांश सेवालाई क्रमश: अनलाइनमा रूपान्तरण गरिरहेको जानकारी दिए ।
उनका अनुसार नयाँ सिम कार्डका लागि अनलाइन आवेदन, केवाईसी अद्यावधिक, शुल्क भुक्तानी, गुनासो दर्ता तथा गुनासोको अवस्थाबारे अनलाइन ट्र्याकिङ गर्न सकिने व्यवस्था विकास गरिएको छ ।
उनले अनलाइनबाट आवेदन दिएका ग्राहकले आफूलाई पायक पर्ने सेवा केन्द्रबाट सिम कार्ड प्राप्त गर्न सक्ने तथा ई–सिम सेवा भने कार्यालयमै उपस्थित नभई अनलाइनमार्फत सक्रिय गर्न सकिने बताए ।
ग्राहकलाई एउटै स्थानबाट आवश्यक सबै सेवा उपलब्ध गराउने उद्देश्यले ‘फ्रन्ट हेल्प डेस्क’ स्थापना गरी ‘वान स्टप सर्भिस’ सञ्चालनमा ल्याइएको पनि उनले जानकारी दिए ।
निरीक्षणको अन्त्यमा सञ्चारमन्त्री तिमिल्सिनाले आधुनिक डिजिटल सेवा विस्तारसँगै सेवा गुणस्तर, ग्राहक सन्तुष्टि र व्यक्तिगत सूचना सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् ।
दूरसंचार
नेपाल टेलिकमको डिजिटल रूपान्तरणमा ‘भाइब कोडिङ’ : एआईसँगको सहकार्यले कसरी आफैं बनाउँदैछ सफ्टवेयर ?
काठमाडौं । नेपाल टेलिकम अब महँगा विदेशी सफ्टवेयर खरिद गर्ने वा हरेक नयाँ प्रणालीका लागि बाह्य भेन्डरमा…
मोबाइलमा आउने नक्कली सन्देशबाट ठगीको खतरा, प्राधिकरणले जारी गर्यो चेतावनी
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट व्यक्तिगत मोबाइलमा आउने शंकास्पद सन्देश त…
अव्यवस्थित इन्टरनेट-टेलिफोन तार हटाउन सेवा प्रदायकलाई १५ दिने अल्टिमेटम
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न ६ प्रमुख रुटहरूमा अव्यवस्थित रूपमा रहेका टे…
स्काईआइटीले सुरु गर्यो एमएसपी सेवा, नेपालमा डिजिटल रूपान्तरणलाई सहयोग गर्ने लक्ष्य
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी स्काई ब्रोडब्यान्ड प्रालिले स्काईआइटी (SkyIT) मार्फत म्यानेज्ड सर्भिस प्रोभा…
फाइभजीको विज्ञान र सम्भावना : ताररहित युगको सुरुवात
काठमाडौं । कहिले तारले बाँधिएको टेलिफोन आजको हातमा अट्ने स्मार्टफोनसम्म आइपुग्दा सञ्चार केवल छिटो भएको …
फिफा विश्वकप पाइरेसीमाथि कडा प्रहार : यी ३५ वेबसाइट र एप बन्द
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरू अनधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेक…
दूरसञ्चार प्राधिकरण अध्यक्ष छनोटमा २९ उम्मेदवार, कानुन सदस्यमा योग्य आवेदन शुन्य
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको नेतृत्व चयन प्रक्रिया थप अघि बढेको छ । अध्यक्ष पदका लागि आवेदन दिएका म…
एलन मस्कको स्टारलिंकको नजर नेपाली बजारमा, सञ्चारमन्त्रीसँग माग्यो अनुमति
काठमाडौं । इन्टरनेट सेवा प्रदान गर्ने अन्तर्राष्ट्रिय कम्पनी स्टारलिंकले नेपालमा आफ्नो सेवा सञ्चालन गर्ने प्रयासलाई…
किन बारम्बार बदलिन्छ राउटरको सुरक्षा ? डब्ल्यूईपीदेखि वाइ-फाइ ७ सम्मको यात्रा
काठमाडौं । तीन दशकअघिसम्म इन्टरनेटको संसार अहिलेको जस्तो वायरलेस (ताररहित) थिएन । घर, कार्यालय वा क्याम्पसमा…
साझा टावर, सस्तो इन्टरनेट : डिजिटल खाडल घटाउने उपाय
काठमाडौं । नेपालमा इन्टरनेटको पहुँच विस्तार हुँदै गएको देखिए पनि त्यो विस्तार सबैका लागि समान छैन । क…
आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस, डिजिटल पहुँच विस्तारमा जोड
काठमाडौं । आज विश्वका विभिन्न देशमा ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ विविध कार्यक्रम आयोजना…
दूरसञ्चार क्षेत्रमा रोयल्टी असुली कमजोर, ३५ करोड बक्यौता
काठमाडौं । विभिन्न दूरसञ्चार सेवाप्रदायकहरूले सरकारलाई बुझाउनुपर्ने ३५ करोड ३६ लाख ८४ हजार रुपैयाँ रोयल्टी …
टेलिकमको नयाँ व्यवस्था, घरमै बसेर नयाँ प्रिपेड ई-सिम लिन सकिने
काठमाडौं । अब नेपाल टेलिकमको नयाँ प्रिपेड ई-सिम अनलाइनमार्फत नै प्राप्त गर्न सकिने भएको छ । यससँगै ई-सिम लि…
एनटिसीका सबै २८ दिने प्याकेज अब ३० दिनमा परिवर्तन
काठमाडौं । नेपाल टेलिकम (एनटिसी) ले प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजलाई विस्तार गर्दै अब ३० …
३९ सुरक्षा विशेषतासहित नयाँ स्मार्ट लाइसेन्स : अफलाइनमै जाँच गर्न सकिने
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको गुणस्तर र सुरक्षण पक्षब…