कीवर्डहरू -

दूरसंचार

यूटीएलको लाइसेन्स रद्द, ८ अर्ब बक्यौता कसरी उठाउला सरकार ?

काठमाडौं । युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) को दूरसञ्चार सेवाको लाइसेन्स स्वत: रद्द भएपछि कम्पनीबाट सरकारलाई उठाउनुपर्ने ८ अर्ब रुपैयाँभन्दा बढी बक्यौता असुली चुनौतीपूर्ण बनेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार यूटीएलसँग ८ अर्ब ५ करोड २२ लाख ५७ हजार रुपैयाँ बक्यौता छ । प्राधिकरणले उक्त रकम भुक्तानी गर्न कम्पनीलाई पत्राचार गरिसकेको छ ।

यूटीएलले भने बक्यौता तथा लाइसेन्स नवीकरण दस्तुर तिर्न विदेशबाट लगानी भित्र्याउने प्रयास गरेको जनाएको छ । कम्पनीले करिब १४ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ल्याएर बक्यौता तथा अन्य दायित्व व्यवस्थापन गर्दै सेवा सञ्चालनलाई निरन्तरता दिन प्रस्ताव गरेको थियो । तर, सरकारले आवश्यक निर्णय नगरेको र नेपाल राष्ट्र बैंकबाट एफडीआई ल्याउन स्वीकृति नपाएकाले रकम भित्र्याउन नसकेको कम्पनीको भनाइ छ ।

कम्पनीले कुल करिब ३१ अर्ब रुपैयाँ बराबरको बक्यौता तथा दायित्वमध्ये तत्काल १४ अर्ब रुपैयाँ भुक्तानी गरेर सेवा सञ्चालन गर्न पाउने व्यवस्था मिलाइदिन सरकारसँग अनुरोध गरेको थियो । तर, उक्त प्रस्तावमा सरकारले निर्णय नगरेपछि प्रक्रिया अघि बढ्न सकेन ।

मन्त्रिपरिषद्बाट आवश्यक निर्णय नभएका कारण राष्ट्र बैंकले समेत एफडीआई स्वीकृत गर्न नसकेको बताइएको छ । यूटीएलले समयमै विदेशी लगानी भित्र्याउन अनुमति नपाएकै कारण लाइसेन्स नवीकरण दस्तुर समेत बुझाउन नसकेको दाबी गरेको छ ।

यूटीएलको लाइसेन्स भदौ १९ गतेसम्म कायम थियो । कम्पनीले लाइसेन्स नवीकरणका लागि तिर्नुपर्ने करिब २० अर्ब रुपैयाँ दस्तुर किस्ताबन्दीमा भुक्तानी गर्ने सुविधा माग गरेको थियो ।

नेपाल टेलिकम र एनसेललाई उपलब्ध गराइएको जस्तै किस्ताबन्दीको सुविधा आफूलाई पनि दिनुपर्ने कम्पनीको माग थियो । मागअनुसार निर्णय नभएपछि प्राधिकरणले लाइसेन्स स्वत: रद्द भएको सूचना जारी गरेको हो ।

यूटीएलमा भारतीय सरकारको समेत लगानी रहेकाले विदेशी लगानीसँग सम्बन्धित विषयमा सरकारले थप संवेदनशील भएर निर्णय लिनुपर्ने धारणा पनि सार्वजनिक भएको छ ।

लगानीसम्बन्धी निर्णयमा अनिश्चितता हुँदा नेपालमा विदेशी लगानीको वातावरण र देशको लगानीसम्बन्धी छविमा असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ । लाइसेन्स रद्द भएपनि यूटीएलको कानुनी अस्तित्व भने समाप्त नहुने कानुनविद्हरू बताउँछन् । 

कम्पनीले बक्यौता नतिरेमा कम्पनी ऐनअनुसार लिक्विडेसन प्रक्रियामा लगेर कम्पनीको सम्पत्ति बिक्री गरी सरकारी बक्यौता असुल गर्न सकिने उनीहरूको भनाइ छ ।

दूरसञ्चारसम्बन्धी नियमावलीअनुसार यूटीएलका दूरसञ्चारसम्बन्धी सम्पत्ति सरकारको स्वामित्वमा हस्तान्तरण भइसकेका छन् । साथै, यूटीएलका सक्रिय सेवाग्राही नरहेकाले लाइसेन्स रद्द हुँदा ठूलो संख्यामा सेवाग्राही प्रभावित हुने अवस्था नरहेको प्राधिकरणले जनाएको छ ।

यूटीएलले भने आफूले सरकारसँगको प्रक्रिया अझै टुंगिएको नठानेको जनाएको छ । कम्पनीले विदेशी लगानी ल्याएर लाइसेन्स नवीकरण तथा बक्यौता व्यवस्थापन गर्ने योजना रहेको र मन्त्रिपरिषद्बाट सकारात्मक निर्णय हुने अपेक्षा अझै कायम रहेको बताएको छ ।

दूरसंचार

नक्कली बैंकिङ एसएमएस र फिशिङ लिंकबाट सावधान रहन टेलिकमको आग्रह

काठमाडौं । नेपाल टेलिकमले बैंक तथा डिजिटल भुक्तानी सेवाको नाम दुरुपयोग गरी ग्राहकलाई ठगी गर्ने उद्देश्यले न…

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो बिज२४ म्यानेज्ड वाई-फाई सोलुशन

काठमाडौं । नेपालकै पहिलो म्यानेज्ड वाई-फाईसोलुशन बिज२४ अब वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा म…

म्याद सकियो, नवीकरण भएन : यूटीएलको लाइसेन्स खारेजीतर्फ

काठमाडौं । तोकिएको समयभित्र अनुमतिपत्र नवीकरण नगरेपछि युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) को आधारभूत टेलिफो…

बाढीको क्षतिपछि नेपाल टेलिकमको सेवा पुन:लयमा, १,०९३ लाइन सञ्चालनमा

काठमाडौं । गत भदौ १० गते आएको अविरल बाढीका कारण रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रमा नेपाल टेलिकमको फा…

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं । एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको खोज, उद्धार र राहत कार्यलाई सहज …

क्लासिक टेकको नयाँ अफर : पुरानै मूल्यमा १२५ एमबीपीएस इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ । कम्…

बाढीले दूरसञ्चार पूर्वाधारमा ४५ करोडको क्षति, अधिकांश मोबाइल टावर पुन: सञ्चालनमा

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा दूरसञ्चार…

बाढी प्रभावितलाई एनसेलको राहत : नि:शुल्क सेवा अवधि थप ७ दिन थप

काठमाडौं । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको नि:शुल्क सेवाको …

भोटेकोशी बाढीको चपेटामा एनसेल, एक टावर पूर्ण रुपमा नष्ट

काठमाडौं । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीका कारण एनसेलको दूरसञ्चार पूर्वाधारमा ठूलो क्षति पुगेक…

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको मोबाइल नेटवर्क सेवा पुन: सञ्चालन

काठमाडौं । नेपाल टेलिकमले बाढीका कारण अवरुद्ध भएका रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लाका मोबाइल बीटीएस …

बाढी प्रभावित ११० स्थानमा नेपाल टेलिकमको सेवा पुन: सञ्चालन

काठमाडौं । नेपाल टेलिकमले बाढीबाट प्रभावित थप चार स्थान (साइट) मा सञ्चार सेवा पुन: सञ्चालनमा ल्याएको छ । टे…

नेपाल–चीन सीमासम्म मोबाइल सेवा पुन: सञ्चालन, थप ७ बीटीएस साइट सञ्चालनमा

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा थप सात स्थानमा मोबाइल सेवा पुन: सञ्चालनमा ल्याएको जनाएको छ…

बाढीग्रस्त क्षेत्रमा स्टारलिंकको नि:शुल्क इन्टरनेट प्रस्ताव, सरकारको अनुमति पर्खिंदै

काठमाडौं । बाढी र पहिरोका कारण सडक, पुल तथा परम्परागत सञ्चार संरचना प्रभावित भइरहेका बेला नेपालमा उद्धार त…

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुन: सुचारु

काठमाडौं । नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारु गरेको छ…

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुन: सञ्चालनमा तीव्रता

काठमाडौं । नेपाल टेलिकमले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा अवरुद्ध दूरसञ्चार सेवा पुन…