कीवर्डहरू -

दूरसंचार

एनसेल ल्यायाे बिज सधै अन प्लान, पाेष्टपेड ग्राहकले अब आफैले प्लान अपग्रेड गर्न सक्ने

नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक एनसेलले नेपाली व्यवसाय जगतलाई ध्यानमा राखी विशेष रूपमा डिजाइन गरिएको 'विज सधैं अन' योजना संचालनमा ल्याएको छ । नेपाली उपभोक्ताहरूलाई सधै अन मार्फत सशक्त बनाउने आफ्नो प्रतिबद्धता जारी राख्दै ल्याइएको यो योजना फाइभजी भिजनमा आधारित एक अर्को पहल रहेकाे एनसेलले जनाएकाे छ ।

नेपाली उद्योग, संघ, संस्था, ठूला, साना तथा मझौला व्यवसायहरुलाई आ-आफ्‌नो क्षेत्रमा सधैं अनको प्रयोगमार्फत व्यापार, व्यवसाय बढाउन सहयोग पुर्याउनु 'बिज सधै अन'को उदेश्य रहेको छ । अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने, प्रयोग गर्न बाँकी रहेका सेवाहरु पुनः अर्को महित्ता थपिएर आउने र बन्डल सेवाहरुका साथ महिनाभरी निर्धक्क सेवा पाईने यसको मुख्य विशेषता रहेका छन् ।

एनसेलले आफ्नो स्थापनाकालदेखि नै एक उत्कृष्ट सञ्चार साझेदारको रूपमा नेपाली उद्यमी तथा व्यवसायीहरूलाई विश्वस्तरीय  विजनेस सोलुसनहरु प्रदान गर्दै आएको छ । एनसेलले नेपालभर फैलिएका ३२ हजार बढि संघसंस्था र व्यवसायका ५ लाख भन्दा धेरै ग्राहकहरुलाई आफ्‌नो सेवाहरु प्रदान गर्दै आएको छ ।

"उद्योगको विकास भइरहेको छ र कम्पनीहरूको माग बढ्दै गएको छ। सिंगापुर, दुबई र हाम्रो छिमेकी राष्ट्र भारत जस्ता देशहरू फाइभजी, आईओटी, क्लाउड र एआई जस्ता आविष्कारहरूका कारण दूत गतिमा अगाडि बढिरहेका छन् । यी आविष्कारहरूको मद्दतले व्यवसायहरू कसरी सञ्चालन गर्ने, ग्राहकहरूसँग कसरी अन्तरक्रिया गर्ने र प्रभावकारिता बढाउने भन्ने जस्ता विषयहरुमा क्रान्तिकारी परिवर्तन गरिरहेका छन् ।

एनसेलले पनि उद्यमका पीडामकाहरुलाई सम्बोधन गर्न र उनीहरूलाई आफ्‌नो व्यापार व्यवसाय बढाउन मद्दत गर्न विभिन्न सोलुसनहरु उपलब्ध गराउन काम गरिरहेको छ । त्यस्ता केही सोलुसनहरु तयार छन् र केही पाइपलाइनमा रहेका छन्," एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाव्बोर कायमोभले भने, "सहकार्य गरेर हामीले कनेक्टिभिटीको शक्तिलाई प्रयोग गर्न सक्छौं, अझै उन्नत प्रविधिहरुमा काम गर्न सक्छौ र इनोभेटिभ सोलुसनहरु स्याउन सक्छौ जसले डिजिटल अर्थतन्त्रमा दिगो वृद्धिलाई सहयोग पु‌याउँदै डिजिटल नेपाल भिजन २.० मा योगदान गर्न सक्दछ ।"

एनसेलले आम उपभोक्तादेखि ठूला उद्यमीसम्म सबैलाई दैनिक सञ्चारका लागि सेवाहरु देखि लिएर नेपाललाई फाइभजी जस्ता नयाँ प्रविधिका लागि तयार पार्दै, व्यवसाय सञ्चालनमा फाइदा पुर्याउने सोलुसनहरुमा पहुंच पुऱ्याउने लक्ष्य राखेको छ। फाइभजीले अत्याधुनिक प्रविधि संचालनमा ल्याउन सक्षम बनाउँछ जसले अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्न सक्छ र डिजिटल नेपाल निर्माणका लागि मार्ग प्रशस्त गर्दै योगदान गर्न सक्दछ ।

सञ्चार सेवाका लागि एक विश्वसनीय रणनीतिक साझेदारको रूपमा, एनसेलले नेपालका बैंक तथा वित्तीय संस्थाहरु, बहुराष्ट्रिय कम्पनीहरु, होटलहरु, व्यवसायीहरु र थुप्रै ठूला, साना तथा मझौला उद्यमहरूलाई विभिन्न इनोभेटिभ प्रोडक्ट र सर्भिसहरु प्रदान गर्दै आएको छ ।

"सधै अनमा हाम्रो सफलता र ग्राहकहरुको प्रशंसाका साथ हामी निरन्तर अगाडि बढ्दै छौं। सधै अनमा नै हामीले हाम्रा इन्टरप्राईज तथा पोष्टपेड ग्राहकहरूलाई कस्टमाईज्ड भ्यालु दिन चा‌ह्यौ, एनसेलका हेड अफ इन्टरप्राईज प्रोडक्ट एन्ड सोलुसन्स् रञ्जन शर्माले भने, "बिज सधै अन र विभिन्न सोलुसन सुटहरुका साथ हामी सरलीकृत संचालन र उत्पादकत्व वृद्धिमा सहयोग प्रदान गर्दै नेपाली व्यवसायहरूलाई अहिलेको डिजिटल युगमा उनीहरूलाई पूर्ण क्षमता हासिल गर्न सशक्त बनाउने लक्ष्य राखेका छौ जसले साँचो डिजिटल अर्थतन्त्रको विकासमा टेवा दिन्छ ।"

'बिज सधैं अन' प्लान

एनसेलले उद्यमी व्यवसायीहरुका लागि मासिक रेन्टलमा 'विज सधै अन' प्लान अन्तर्गत रु ४९९ देखि १,९४९ सम्मका ५ वटा प्लानहरु ल्याएको छ। यस प्लानमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एप पनि बण्डल गरिएको छ। लायन्सगेट पब्लिक ट्रेडेड कन्टेटमा काम गर्ने विश्वको अग्रणी कम्पनी हो र मेरो लगानी एपले सेयरबजारमा भएको नाफा, नोक्सान ट्रयाक गर्दछ ।

रु ४९९ को प्यान अन्तर्गत ग्राहकले १७ जीबी डेटा, ६०० मिनेट नेपाल भरी कुरा गर्न टक टाइम र ६०० मिनेट लोकल एसएमएस प्राप्त गर्दछन । त्यस्तै, रु ६४९ को प्लान अन्तर्गत ग्राहकले ३० जीची डेटा, अनलिमिटेड टक टाइम र ६५० वटा एसएसएस पठाउन सक्छन् । रु ९९९ को प्याक अन्तर्गत ग्राहकले ६० जीबी डेटा, अनलिमिटेड टक टाइम र १,००० वटा लोकल एसएमएस पठाउन पाउँछन् । सेवाको आवश्यकता धेरै भएका ग्राहकहरुले रु १,५९९ र रु १,९४९ को मासिक प्लान लिन सक्छन् ।

यदि ग्राहकले लिएको प्लान अन्तर्गतको सेवाहरु सकिएमा ग्राहकले जम्मा ५ पैसा प्रति एमबीमा वा १ जीबी डेटाको मात्र रु ५० (बजार शुल्क भन्दा २० गुणा कम शुल्क। मा बुस्टर प्याक खरिद गर्न सक्छन्। बुस्टर प्याक अन्तर्गत नै ग्राहकले रु ३० मा १ जीबी डेटा वा ३० मिनेट अल नेपाल लोकल कल प्राप्त गर्न सक्छन्। त्यस्तै, रु ५० मा ग्राहकले २ जीबी डेटा वा ७५ मिनेट नेपाल भरी लोकल कलको सुविधा प्राप्त गर्न सक्छन् ।

यसका साथै 'बिज सधै अन' प्लान लिने ग्राहकले स्पेसल सर्भिस लाइन ९००७ रु ९८०९००७००० का कल गरी ग्राहक सेवा र प्रिभलेज काउन्टर सुविधा पनि प्राप्त गर्दछन् । बिजनेस तथा पोस्टपेड ग्राहकले एस्ट्रिक्स १२३ह्यास डायल गरी 'बिज सधै अन'प्लानमा सजिलै अपग्रेड गर्न सक्छन् ।

नेपाली व्यवसायीको डेडिकेटेड विजनेस पाटर्नस्को रुपमा एनसेलले आफ्‌नो इनोभेटिभ पोर्टफोलियोलाई विस्तार गर्दै टोल फ्रि नम्बर, सिप सोलुसन्स, नेसनल र ग्लोबल कनेक्ट सेवा, डेटा सेन्टर को-लोकेसन, हाई स्पिड विज इन्टरनेट, बल्क एसएमएस सोलुसन्स, भर्चुअल प्राइभेट सर्भर र एनालिटिक्स जस्ता सेवाहरु प्रदान गर्दै आएको छ ।

यी सेवा तथा सुविधाहरु नेपाली इन्टरप्राईज सेगमेन्टका विविध आवश्यकतालाई पुरा गर्न डिजाइन गरिएका छन् र यसले अहिलेको परिस्कृत तथा गतिशिल बजारमा भरपदों प्रविधि र पूर्वाधारका साथ बिजनेसलाई सशक्त बनाउन मद्दत गर्दछ ।

दूरसंचार

विपद् पूर्वतयारीलाई बलियो बनाउँदै एनसेल, जिल्लामा र्‍यापिड रेस्पोन्स टोली गठन

एनसेलले वर्षायाममा बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण प्रभावित हुन सक्ने आफ्ना सेवाहरूको द्रुतगतिमा पुनः सञ्चालन र निरन्त…

माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्पमा नेपाल टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्पमा फोरजी सेवा विस्तार गरेको छ।

नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न दिएका आवेदन मध्येबाट १६ जनाको दरखास्त स्वीकृत

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदका लागि दरखास्त दिएकाहरू मध्येबाट १६ जनाको नाम स्वीकृत भएको…

सेलपेबाट क्लासिकको टेकको भुक्तानी गर्दा बुलेट बाईकदेखि म्याकबुकसम्म जित्ने अफर

देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘बुलेट बाइक सरर, इन्टरनेट टिभी फरर’  अफर सार्…

नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न १७ जनाले दिए आवेदन

नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि १७ जनाले आवेदन दिन दिएका छन् । आवेदन दिने अन्तिम समय मंगलबार साँज ५ बजेसम्म १७ जनाले द…

अब आफैले रोजेर एनसेलको नम्बर लिन सकिने

तपाईंलाई मनपर्ने कुनै नम्बर तपाईंको आफ्नै मोबाइल नम्बर बने के होला ? एक विशेष नम्बर जसले तपाईंलाई दूरसञ्चार सेवामा पहुँचमात्र …

डाटा सेन्टर स्थापना गर्न बागमती प्रदेशले छुट्यायो २ करोड बजेट

बागमती प्रदेशले डाटा सेन्टर स्थापना गर्न २ करोड बजेट विनियोजन गरेको छ । 

शनिबार आ…

७ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स स्वतः रद्द

नेपाल दूरसञ्चार प्राधिकरणले ७ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स स्वतः रद्द भएको जानकारी दिएको छ ।

दमौलीमा नयाँ एनसेल सेन्टर संचालनमा

एनसेल आजियाटा लिमिटेडले दमौलीमा आफ्नो नयाँ एनसेल सेन्टरको उद्घाटन गरेको छ । आफ्ना ग्राहकहरुलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान…

सीजी टेलिकमको लाइसेन्स स्वतः रद्द

सीजी टेलिकमको लाइसेन्स खारेज भएको छ । २०८० मंसिर १६ गते स्वतः लाइसेन्स रद्द भएको जानकारी दिन नेपाल दूरसञ्चार प्राधिकरणले बिही…

एनसेल एपबाट नासा सेक्युरिटिजमा डिम्याट खाता खोल्दा र नवीकरण गर्दा ५५ प्रतिशत छुट पाइने

एनसेलसँगको सहकार्यमा नासा सेक्युरिटिज कम्पनी लिमिटेडले सेयरमा लगानी गर्ने ग्राहकहरुका लागि नयाँ अवसर ल्याएको छ । यससँगै एनसेल…

नारायणघाटमा एनसेलको नयाँ एनसेल सेन्टर उद्घाटन


एनसेल आजियाटा लिमिटेडले नारायणघाट, चितवनमा आफ्नो नयाँ एनसेल सेन्टर खोलेको छ । ग्राहकहरुलाई एकै स्थानबाट विभिन्न सेवा…

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याक

एनसेलका ग्राहकहरूले अब उत्कृष्ट रोमिङ अफरको फाइदा लिदै विभिन्न देशको यात्रा गर्दा अझ सुलभ दरमा अनलिमिटेड दैनिक डेटा सेवा प्रयो…

गणतन्त्र दिवसको अवसरमा टेलिकमले अफर, ३९९ रूपैयाँमा ३० जीबी डेटा

वि.सं. २०६५ जेठ १५ मा देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा आगामी जेठ १५ गते मनाउन लागिएको  गणतन्त्र दिवसको…

टेलिकमले कन्भरजेन्ट रियल टाइम बिलिङ प्रणाली सफल रूपमा सञ्चालन गर्न नसक्दा ५२ लाख राजस्व गुम्यो

 नेपाल टेलिकमले कन्भरजेन्ट रियल टाइम बिलिङ प्रणाली सफल रूपमा सञ्चालन गर्न नसक्दा करिब ५२ लाख ६७ हजार रूपैयाँ राजस्व गुमेक…