कीवर्डहरू -

९० इन्टरनेट सेवा प्रदायकले तिरेनन् रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम

९० इन्टरनेट सेवा प्रदायकले तिरेनन् रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम

९० इन्टरनेट सेवा प्रदायकले रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम दाखिला नगरेको पाइएको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणको एक सूचना प्रकाशित गर्दै ९० इन्टरनेट सेवा प्रदायकलाई रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष रकम दाखिला गर्न अनुरोध गरेको हो । 

रकम दाखिला नगर्नेको सूचीमा सीजी, क्लासिक टेक, डिशहोम, भायानेट, वेब सर्फरसहित ९० इन्टरनेट सेवा प्रदायक रहेका छन् । 

आर्थिक वर्ष २०७९/८० को अडिटेड वित्तीय विवरण अनुसार बुझाउन पर्ने कूल आम्दानीको ४ प्रतिशतले हुने रोयल्टी वापत रकम र २ प्रतिशतले हुने ग्रामिण दूरसञ्चार विकास कोष वापतको रकम २०८० पुष मसान्त भित्र बुझाउन प्राधिकरणले यसअघि नै पत्राचार गरेको थियो । 

तर हालसम्म रकम दाखिला गरिएको जानकारी प्राप्त नभएकाले २०८० फागुन मसान्तभित्र नियमानुसार लाग्ने २ महिनाको थप दस्तूरसहित रोयल्टी वापतको रकम संचार तथा सूचना प्रविधि मन्त्रालयको राजश्व खातामा र ग्रामिण दूरसञ्चार विकास कोष वापतको रकम प्राधिकरणको खातामा दाखिला गर्न अनुरोध गरिएको छ ।

संचार तथा सूचना प्रविधि मन्त्रालयमा दाखिला गरेको रोयल्टी रकमको भौचर र प्राधिकरणको खातामा दाखिला गरेको ग्रामिण दूरसञ्चार विकास कोष रकमको भौचर र अडीटेड वित्तीय विवरणसहित अनिवार्य रुपमा दर्ता गरी  गराउने प्राधिकरणले निर्देशन दिएको छ । 

यी हुन रकम नतिर्ने सेवा प्रदायक

null