कीवर्डहरू -

एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा सरकारले छानबिन गर्ने, अनियमितता भए कडा कारवाही

एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा सरकारले छानबिन गर्ने, अनियमितता भए कडा कारवाही

सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा विस्तृत अध्ययन गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले मंगलबार एक विज्ञप्ती जारी गर्दै एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा विस्तृत अध्ययन तथा छानबिन गर्ने जानकारी दिएकी हुन् । 

एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवम् यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा सरकारले विस्तृत अध्ययन तथा छानबिन गर्नेछ ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकंलाई जानकारी समेत नगराई अस्वाभाविक प्रावधान र मूल्यमा भएको देखिने यो कारोबारका सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्रीले  सम्बन्धित निकायलाई निर्देशन समेत दिइसकेका छन् । 

यस अध्ययन तथा छानबिनबाट कुनै अनियमितता भएको पाइएमा नेपाल सरकारले सम्बन्धित सबैलाई तत्काल कानुन बमोजिम कडा कारवाहीको दायरामा ल्याउने सरकारको भनाइ छ । 
नेपाल र नेपालीको हित संरक्षण तथा प्रचलित कानुनको पालना गर्न गराउन प्रतिबद्ध रहेको सरकारले जनाएको छ । 


 

यो पनि पढ्नुहोस