कीवर्डहरू -

नेपालबाट बाहिरियो आजियाटा, ६ अर्बमा बेलायती कम्पनी स्पेक्ट्रलाइटले किन्यो एनसेलको शेयर

नेपालबाट बाहिरियो आजियाटा, ६ अर्बमा बेलायती कम्पनी स्पेक्ट्रलाइटले किन्यो एनसेलको शेयर

मोबाइल सेवा प्रदायक कम्पनीमा एनसेलमा रहेको आफ्नो शयेर आजियाटा ग्रुपले बेलायतको कम्पनी स्प्रेक्टलाइट युकेलाई बिक्री गरेको छ । 

एनसेल आजियाटा ग्रुपमा रहेको आजियाटा ग्रुपको ८० प्रतिशत शेयर स्पेक्ट्रलाइट युके लिमिटेडले खरिद गरेको हो । 

आजियाटाले आफ्नो शेयर ५ करोड अमेरिकी डलर अर्थात करिब ६ अर्ब ६६ करोडमा बेचेको जनाइएको छ । सम्झौता अनुसार आगामी ६ महिनामा ५ मिलियन अमेरिकी डलर भुक्तानी गर्नुपर्ने छ भने बाँकी ४८ महिनापछि तिर्नु पर्नेछ । 

व्यवसाय र लायबिलिटजको सम्पूर्ण जिम्मेवारी एनसेलमा रहने आजियाटाले जनाएको छ । एनसेलको सम्बन्धमा विद्यमान र भविष्यको कर दाबी गर्दा खरिदकर्ताले क्षतिपूर्ती दिनेछ । 

स्पेक्ट्रलाइट युके स्थानीय साझेदार सतिशलाल आचार्यकै कम्पनी हो । आजियाटा ग्रुपले सन् २०१६ मा १ खर्ब ४३ अर्बमा एनसेलको शेयर किनेको थियो ।