कीवर्डहरू -

कर्णाली प्रदेश सरकारलाई एनसेलको ५० लाख सहयोग, तीन जिल्लाका ग्राहकलाई भ्वाइस र डेटा सेवा निःशुल्क

कर्णाली प्रदेश सरकारलाई एनसेलको ५० लाख सहयोग, तीन जिल्लाका ग्राहकलाई भ्वाइस र डेटा सेवा निःशुल्क

एनसेलले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निणर्य गरेको छ । 

साथै, ग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पुर्व)मा रहेका ग्राहकहरुलाई रु ४० लाख ब्यालेन्स बाराबरको सेवाहरु निःशुल्क उपलब्ध गराइने जानकारी गराउन चाहन्छौं ।

यसरी पाइने सेवाहरुमा देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएस रहेका छन् । यसको समयसीमा १५ दिनको रहने छ ।