कीवर्डहरू -

इन्टरनेट सेवा प्रदायक कम्पनी हिमालयन गोरखा नेट लाइसेन्स खारेज

इन्टरनेट सेवा प्रदायक कम्पनी हिमालयन गोरखा नेट लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले हिमालयन गोरखा नेट प्रालिको इन्टरनेट (इ-मेल सहित) सेवाको अनुमतिपत्र खारेज गरेको छ । 

नवीकरणका लागि समयावधिभित्र निवेदन पेश नगरेपछि दूरसञ्चार ऐन अनुसार हिमालयन गोरखा नेटको लाइसेन्स खारेज भएको हो । 

साथै कम्पनीले नियमानुसार तिर्न/बुझाउन पर्ने रकमका सम्बन्धमा ३० दिन भित्र सम्पर्क गर्न र अन्यथा प्रचलित कानून अनुसार कार्यवाही प्रक्रिया अगाडि बढाइने चेतावनी दिएको छ ।