कीवर्डहरू -

प्राधिकरणले भन्योः उपकरण नजोड्दै एमडीएमएस लागू गरेको भन्ने समाचारमा सत्यता छैन्

प्राधिकरणले भन्योः उपकरण नजोड्दै एमडीएमएस लागू गरेको भन्ने समाचारमा सत्यता छैन्

नेपाल दूरसञ्चार प्राधिकरणले ‘उपकरण नजोड्दै एमडीएमएस लागू गरेको घोषणा’ शिर्षक राखि विभिन्न माध्यमबाट प्रकाशित तथ्यहिन समाचारप्रति ध्यान आकृष्ट भएको बताएको छ । 

शुक्रबार एक विज्ञप्ती जारी गर्दै प्राधिकरणले समाचारहरूमा उल्लेख भएजस्तो प्राधिकरणले कुनै उपकरण नल्याएको भन्ने विषयमा कुनै सत्यता नरहेको जानकारी दिएको हो । 

एमडिएमएस परियोजना अन्तर्गत सेकेण्डरी साइट (जीआईडीसी सिंहदरबार) का लागि आवश्यक हार्डवयेर उपकरणहरू आयात भई जडान भएको, प्रणाली अन्तर्गतको इम्पोटर्स मोड्युल र कन्जुमर मोड्युल तयार भएको र  एमडिएमएस प्रणालीलाई भन्सार विभागले सञ्चालनमा ल्याएको नेपाल राष्ट्रिय एकद्वार प्रणालीसगं आवद्व गरिएको प्राधिकरणको भनाइ छ ।

प्राइमरी साइटमा रहने कन्टेनर तथा केही विद्युतीय उपकरणहरू मात्र आयातको क्रममा रहेको समते प्राधिकरणले जनाएको छ । 

मोबाइल उपकरणहरूको आयात, प्रयोग तथा विक्रि वितरणलाई थप व्यवस्थित गर्न, हराएका तथा चोरी भएका मोबाइल सेटहरूको ट्रयाक तथा ब्लक गर्न तथा प्रमाणीक मोबाइल सेटहरू पहिचान गरी Equipment Identity Registration (EIR) प्रणालीको कार्यान्वयन गर्नका लागि प्राधिकरणबाट सञ्चालनमा ल्याईएको पोर्टल mdms.nta.gov.np मा दर्ता नभई प्रणाली बाहिर ग्रे लिष्टमा रही सञ्चालनमा रहेका मोबाइल फोनसेटहरू लाई प्राधिकरणको मोबाइल डिभाइस व्यवस्थापन विनियमावली, २०७५ बमोजिम क्रमशः ब्लक गर्ने कार्यको शुरूवात गरेको छ ।