कीवर्डहरू -

काठमाडौंसहित पाँच सहरमा ICAN को ६० घण्टे IT तालिम सञ्चालन हुँदै

काठमाडौंसहित पाँच सहरमा ICAN को ६० घण्टे IT तालिम सञ्चालन हुँदै

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले डिसेम्बर २०२६ मा हुने परीक्षामा सहभागी हुने CAP-II तथा Application तहका विद्यार्थीका लागि ६० घण्टे सूचना प्रविधि (IT) तालिम सञ्चालन गर्ने भएको छ ।

संस्थाले तालिममा सहभागी हुन इच्छुक विद्यार्थीका लागि दर्ता खुला गरेको हो । दर्ता गर्ने अन्तिम मिति नोभेम्बर २५ अर्थात् मंसिर ९ गते दिउँसो १ बजेसम्म तोकिएको छ ।

ICAN का अनुसार उक्त तालिम विद्यार्थीले अनिवार्य रूपमा लिनुपर्नेछ । तालिम दैनिक ८ घण्टा भौतिक उपस्थितिमै सञ्चालन हुनेछ । तालिमका लागि एकपटक दर्ता गरिसकेपछि विद्यार्थीले आफ्नो समूह (Batch), मिति वा समय परिवर्तन गर्न पाउने छैनन् ।

त्यस्तै, तालिममा सहभागी हुँदा विद्यार्थीले परिचयपत्र (ID Card) अनिवार्य रूपमा साथमा लैजानुपर्ने संस्थाले जनाएको छ । उपत्यकाबाहिरका तालिम केन्द्रमा १० जनाभन्दा कम विद्यार्थी भएमा सम्बन्धित केन्द्रको तालिम काठमाडौंमा सञ्चालन गरिने सूचनामा उल्लेख छ ।

संस्थाले तालिम काठमाडौं, पोखरा, बुटवल, विराटनगर र नेपालगञ्जमा सञ्चालन गर्ने जनाएको छ । तालिम तथा दर्तासम्बन्धी थप जानकारीका लागि विद्यार्थीले ICAN को वेबसाइट www.ican.org.np मा जान सक्नेछन् । साथै, ०१-५४३०८३२ र ०१-५४३०७३० नम्बरमा सम्पर्क गरी एक्सटेन्सन २१४ मार्फत जानकारी लिन सकिनेछ ।