कीवर्डहरू -

नेपालकै दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक बन्यो डिशहोम

नेपालकै दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक बन्यो डिशहोम

ग्राहक संख्याका आधारमा डिशहोम नेपालकै दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको भदौ २०८० को दूरसञ्चार सूचक अनुसार डिशहोम  दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक बन्न भएको हो । 

यस अवधिमा डिशहोमका ३ लाख १७ हजार ३१ ग्राहक रहेका छन् । सबैभन्दा पहिलो नम्बरमा वर्ल्डलिंक रहेको छ । वर्ल्डलिंकका ८ लाख ११ हजार ९९७ ग्राहक रहेका छन् । 

उक्त प्रतिवेदन अनुसार तेस्रो नम्बरमा नेपाल टेलिकमको रहेको छ । यस अघि नेपाल टेलिकमको दोस्रो नम्बर थियो । टेलिकमका फाइबर ग्राहक संख्या २ लाख ९५ हजार ६६१ रहेका छन् । 

यस्तै २ लाख ८५ हजार ग्राहकसहित क्लासिक टेक चौथो र २ लाख ८३ हजार ग्राहकसहित सुबिसु पाँचौं नम्बरमा छन् । 
छैठौं नम्बरमा भायानेट रहेको छ, जसका ग्राहक २ लाख ६४ हजार रहेका छन् । त्यसैगरी १ लाख ५३ हजार ग्राहकसहित वेब सर्फर सातौं नम्बर रहेको छ ।