कीवर्डहरू -

दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्षको प्रश्नः ग्राहक बढ्दा आय किन घट्यो ?

दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्षको प्रश्नः ग्राहक बढ्दा आय किन घट्यो ?

नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारीले टेलिकम सेवा प्रदायकको ग्राहक बढ्दै जाँदा आयमा कमी भएको प्रति प्रश्न उठाएका छन् । 

नेपाल टेलिकमको २० औं वार्षिकोत्सवको अवसर मन्तच्य राख्दै अधिकारीले विगत केही समयदेखि टेलिकम सेवा प्रदायकको ग्राहक बढे पनि आयमा संकुचन देखिएको बताएका हुन् । 

विगत केही समयदेखि यस क्षेत्रको आयमा केही मात्रामा संकुचन आएको देखिन्छ,’ अधिकारीले भने, ‘ग्राहक संख्यामा भएको वृद्धि सँगसँगै आयमा पनि बढोत्तरी हुनुपर्ने सामान्य सिद्धान्त भएपनि सो नहुनुको कारण खोजी गर्न आवश्यक छ ।’

यो समग्र सेवा क्षेत्रका लागि चिन्ताको विषय भएकाले यसलाई सुधार्न गर्ने उपाय खोज्न तल्लिन हुनुपर्ने बताए ।