दूरसंचार
२६ औं वार्षिकोत्सव मनाउँदै वर्ल्डलिंक, यसरी बन्यो देशकै ठूलो इन्टरनेट सेवा प्रदायक
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले आज २६ औं वार्षिकोत्सव मनाउँदै छ । नेपालको तेस्रो ठूलो दूरसञ्चार कम्पनी समेत रहेको वर्ल्डलिंकले सन् १९९५ मा ईमेल सेवा मार्फत आफ्नो सेवा सुरु गरेको थियो ।
सन् १९९५ इमेल सेवाबाट सुरु भएको वर्ल्डलिंकले त्यसको दुई वर्षपछि डायलप इन्टरनेट सेवा सुरु गरेको थियो । त्यस्तै, सन् १९९९ मा भिस्याटबाट अन्तर्राष्ट्रिय व्यान्डविथ ल्याउने र त्यही बेला काठमाडौं बाहिर पनि सेवा विस्तार सुरु गरेको थियो ।
सन् २००० मा वायरलेस ब्रोडव्यान्ड इन्टरनेट सेवा सुरुसँगै थुप्रै अन्तर्राष्ट्रिय कम्पनीसँग कन्टेन क्यासको लागि पार्टनरसिप सुरु भयो । वर्ल्डलिंकले नेपालमा पहिलो कन्टेन क्यास सेटअप गर्न अकमइसँग साझेदारी गरेको थियो ।
सन् २००२ मा देशभरी नै भिसेट नेटवर्क तयार गर्यो जसले देशका मुख्य सहरहरु जोडिए । अर्को वर्षदेखि केवल इन्टरनेट सेवा सुरु गरेपछि वायरेसबाट वायरमा जाँदा गुणस्तर सुधारमा धेरै सहयोग गर्यो ।
सन् २००६ मा राष्ट्रमा वायरलेस व्याकबोनको स्थापना गर्यो । यसले पनि मुख्य सहरहरुलाई जोड्न सजिलो भयो । पहिले जसरी भिस्याटबाट भइरहेको थियो, त्यसलाई वायरलेसमा परिवर्तन भयो । त्यसको दुई वर्षपछि अन्तर्राष्ट्रिय व्यान्डविथको लागि क्रस बोर्डर फाइबरको सेटअप गर्यो ।
सन् २०१० मा कन्टेन क्यासको लागि गुगलसँग साझेदारी भयो । सन् २०१२ वर्ल्डलिंकले पहिलो पटक १० एमबीपीएसको केवल इन्टरनेट सेवा सुरुवात गरेका थियो ।
सन् २०१४ देखि घरघरमा फाइबर इन्टरनेट (एफटिटिएच) ब्रोडव्यान्ड सेवा सुरु गरेको थियो । केवल इन्टरनेटमा भएका गुणस्तरका समस्याहरुलाई यसले समाधान गर्यो । एफटीटीएचको सुरुवातसँगै नेटवर्क विस्तारमा सजिलो भयो भने ग्राहकको संख्या वृद्धिमा तीव्रता आयो । यसमा लगानी वृद्धि गर्दै गए ।
वर्ल्डलिंकले सन् २०१६ मा आईपीटीभी सुरुवात गर्यो । नेपालमा पहिलो पटक वर्ल्डलिंकले नै आईपीटीभी सुरुवात गरेका थियौं । यसले ग्राहक माझ एउटै तारबाट इन्टरनेट र टिभी हेर्न सकिने भएको थियो ।
त्यसै वर्ष कन्टेन क्यासको लागि फेसबुकसँग फेरि साझेदारी भयो । यसरी प्रगति गर्दै गएको वर्ल्डलिंक सन् २०१७ मा मुलुकमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा धेरै करदाता भनेर नेपाल सरकारबाट सम्मानित भयो ।
वर्ल्डलिंकले सुरक्षित इन्टरनेट प्रयोग गर्न कन्टेन फिल्टरिङ गर्ने ‘सेपरेट’ भन्ने सार्वजनिक गर्यो । यो केटाकेटीको लागि अनलाइन ‘प्रोटेक्सन’ थियो ।
वर्ल्डलिंकले सन् २०१८ मा ‘फ्रि वाईफाई’ सेवा सुरुवात गर्यो । जुन आजको दिनमा ११ हजार बढी ठाउँमा पुगिसकेको छन् । वर्ल्डलिंकका प्रयोगकर्ताले यी ठाउँमा सजिलै वाईफाई चलाउन सक्छन् । यस्ता पब्लिक वाईफाईमा दैनिक १ लाख ५० हजारभन्दा धेरै प्रयोगकर्ता जोडिन्छन् ।
सन् २०१९ मा नेपाल सरकारबाट नेसनल आइसिटी अवार्ड पाएको वर्ल्डलिंकले त्यसै वर्ष नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामिण दूरसञ्चार कोषको परियोजना अन्तर्गत कर्णालीको दुर्गम ठाउँमा ब्रोडव्यान्ड इन्टरनेट पुर्यायो । उक्त वर्ष सीडीसीबाट विदेशी लगानी भित्रयाउन सफल भएको थियो ।
चार हजारभन्दा धेरैलाई रोजगारी दिएर वर्ल्डलिंक सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा रोजगारी दिने कम्पनी बनेको छ । हालसम्म वर्ल्डलिंकको सेवा ५ लाख बढी घरमा सेवा उपलब्ध गराइसकेको छ । अबको ५ वर्षमा २० लाख घरधुरीमा इन्टरनेट पुर्याउने कम्पनीको योजना रहेको छ ।
कम्पनीले देशका ७३ वटा जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ । नेपालमा भित्र्याइएको इन्टरनेटको कुल ब्यान्डविथमध्ये ४५ प्रतिशत व्याण्डविथ वर्ल्डलिंक एक्लैले प्रयोग गर्छ ।
दूरसंचार
टेलिकमले एक महिनामै थप्यो १९ लाख फोरजी प्रयोगकर्ता
पछिल्लो समय फोरजीका प्रयोगकर्ताको सङ्ख्या बृद्धि भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणल…
सय प्रतिशतमा पुग्यो ब्रोडव्यान्ड इन्टरनेट, फिक्स लाइन सुस्त, मोबाइल तीव्र
मुलुकमा पहिलो पटक सत प्रतिशत जनसंख्यामा ब्रोडव्यान्ड इन्टरनेट पुगेको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सा…
सीजी नेटले पहिलो ढेड महिनामा बनायो ५६७ ग्राहक
सस्तो मूल्यमा गुणस्तरीय इन्टरनेट दिने भनेर जेठमा सुरु भएको सीजी इन्टरनेटको पहिलो ढेड महिनाको ग्राहक संख्या सार्वजनिक…
एनसेलका सीईओ एन्डी चोङलाई ‘टेलिकम सीईओ अफ दि इयर’ को अवार्ड
नेपालको निजी क्षेत्रको टेलिकम कम्पनी एनसेल आजियाटा लिमिटेडका प्रबन्ध निर्देशक तथा प्…
टेलिकम बन्यो ‘बेस्ट टेलिकम्युनिकेशन ब्राण्ड’, एनसेल सबैभन्दा सामाजिक उत्तरदायी कम्पनी
नेपाल टेलिकमले ‘बेस्ट टेलिकम्युनिकेशन ब्राण्ड’ अवार्ड पाएको छ । बेलायतको म्यागजिन ग्…
नेपाल टेलिकमको फोरजी विस्तार सुस्त गतिमा, पुरा हुन अझै केही समय लाग्ने
नेपाल टेलिकमको फोरजी आयोजना निकै सुस्त गतिमा अगाडि बढिरहेको छ । फोरजी आयोजना सम्पन्न गर्ने भनेर तोकेको समय ढेड व…
सस्तो मूल्यमा महिनाभर चलाउन मिल्ने अनलिमिटेड डेटा प्याक ल्याउँदै टेलिकम
निकै मितव्ययी भएर मोबाइल इन्टरनेट चलाउनुपर्ने परिस्थिति परिवर्तन गर्ने गरी नेपाल टे…
३० भन्दा बढी ठाउँमा इन्टरनेट विस्तार गर्दै सीजी नेट
सीजी नेटले अबको २ महिनाभित्रमा काठमाडौं, ललितपुर र भुक्तपुरका अधिकांश ठाउँमा इन्…
फाइभजी परीक्षणमा अन्योल, दूरसञ्चार प्राधिकरणले लिनसकेन निर्णय
नेपाल दूरसञ्चार प्राधिकरणले यसै वर्ष फाइभजी परीक्षण सुरु गर्ने भनेर घोषणा गरे पनि यसको प्राविधिक विषयमा अन्योल देखि…
वर्ल्डलिंकले शुरू गर्यो ३०० एमबिपिएसको इन्टरनेट
नेपालको सबैभन्दा ठूलो ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स…
हामीले छिट्टै वाईफाई खोज्दै हिड्न नपर्ने बनाउँदै छौं – डिल्ली अधिकारी
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मोबाइल डेटा महंगो भयो भनेर गु…
इन्टरनेट विस्तारमा नेपाल टेलिकमलाई सफलता, ४७५ प्रतिशतले राजश्व वृद्धि
मुलुकमा इन्टरनेट विस्तरमा तीव्ररुपमा फैलिरहेको बेला नेपाल टेलिकमको एफटीटीएचले ठूलो सफलता हात पारेको छ । उसले एक…
टेलिकमले जडान गर्यो १ लाख ८० हजार एफटिटिएच
नेपाल टेलिकमले १ लाख ८० हजार एफटिटिएच जडान गरेको छ । टेलिकमले सार्वजनिक गरेको …
एनसेलको ‘डेटा सधैं अन’ नयाँ अभियान सुरु
एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै सोमबार नयाँ …
सामाजिक सञ्जाल हुनका लागि चाहिने फिचर के के हुन ?
आजभोलि सामाजिक सञ्जाल धेरै नै प्रयोग हुने शब्दावली पर्छ । यो वेबसाइट वा एप हो, जस…