कीवर्डहरू -

कम्प्युटरको बारेमा थाहा पाउनैपर्ने केही तथ्य

कम्प्युटरको बारेमा थाहा पाउनैपर्ने केही तथ्य

हामीले दैनिक रुपमा कम्प्युटर प्रयोग गर्ने गर्दछौँ । कम्प्युटर हाम्रो जीवनको एक अभिन्नै भाग बन्न पुगेको छ ।

कम्प्युटर चलाउँदै गर्दा हामीले कहिलेकाँही यसको इतिहास के होला भनेर त पक्कै पनि सोच्ने गर्दछौँ । आज हामी कम्प्युटरसँग सम्बन्धित केही तथ्यहरुको बारेमा छलफल गर्नेछौँ ।

विश्वमा सबैभन्दा धेरै कम्प्युटर भएको देश कुन हो ?

उत्तर – संयुक्त राज्य अमेरिकालाई विश्वमा सबैभन्दा धेरै कम्प्युटर भएको देश मानिन्छ ।

संसारको पहिलो सुपर कम्प्युटर कसले बनायो?

उत्तर– विश्वको पहिलो सुपर कम्प्युटर सी–ड्याकले बनाएको हो ।

कम्प्युटरका पिता कसलाई भनिन्छ ?

उत्तर – चार्ल्स ब्याबेजलाई कम्प्युटरका पिता भनिन्छ । चार्ल्स ब्याबेजले सन् १८२२ मा कम्प्युटरको आविष्कार गरेका थिए । चार्ल्स ब्याबेजले आविष्कार गरेको पहिलो कम्प्युटरको नाम ‘डिफरेन्टियल इन्जिन’ राखिएको छ ।

कम्प्युटरको मस्तिष्क के हो?

उत्तर– सिपीयूलाई कम्प्युटरको मस्तिष्क भनिन्छ।

कम्प्युटरमा जाने डाटालाई के भनिन्छ?

उत्तर– कम्प्युटरमा जाने डाटालाई इनपुट भनिन्छ।

बिआइओएसको पूरा रूप के हो?

उत्तर – बिआइओएसको पूरा नाम बेसिक इन्टर्नल  आउटपुट सिस्टम हो । यो शब्द वास्तवमा बेसिक इन्पुट आउटपुट को संक्षिप्त रूप हो । यो सफ्टवेयरले डिस्कबाट प्रोग्राम एक्सेस नगरीकन कम्प्युटरले के गर्न सक्छ भनेर निर्धारण गर्दछ । बिआइओएसको मुख्य कार्य पिसीमा अपरेटिङ सिस्टमलाई बुट गर्नु हो ।

डब्लुडब्लुडब्लु को आविष्कारक को हुन् ?

उत्तर– डब्लुडब्लुडब्लु का आविष्कारक टिम बर्नर्स ली र रोबर्ट काइलियाउ हुन् । यी दुईले मिलेर सन् १९८९ मा डब्लुडब्लुडब्लु (वर्ल्ड वाइड वेब) को आविष्कार गरेका थिए ।

दुई लोकप्रिय आउटपुट यन्त्रहरू के हुन् ?

उत्तर– दुई साझा आउटपुट यन्त्रहरू मोनिटर र प्रिन्टर हुन् । यस बाहेक, अन्य आउटपुट उपकरणहरूमा प्रिन्टर, प्रोजेक्टर, स्पिकर आदि पर्दछन् ।

कम्प्युटरको सबै प्रकारको जानकारी वा आउटपुट हेर्न कुन उपकरण प्रयोग गरिन्छ?

उत्तर– कम्प्युटरको सबै जानकारी र आउटपुट हेर्न मनिटरको प्रयोग गरिन्छ ।

सिडी रोमको पूरा रुप के हो?

उत्तर– सिडी रोमको पूरा रूप कम्प्याक्ट डिस्क रिड ओन्ली मेमोरी हो । यो एक माध्यमिक मेमोरीको उदाहरण हो ।

कम्प्युटरमा र्याम को अर्थ के हो?

उत्तर– कम्प्युटरमा र्यामको अर्थ रैंडम एक्सेस मेमोरी हो । यो एक प्रकारको कम्प्युटर मेमोरी हो जसले कम्प्युटरमा भइरहेको कामलाई अस्थायी रूपमा भण्डारण गर्छ ।

धेरै मात्रामा डाटा भण्डारण गर्न सक्ने कम्प्युटर हार्डवेयरलाई के भनिन्छ?

उत्तर– धेरै मात्रामा डाटा भण्डारण गर्न सक्ने कम्प्युटर हार्डवेयरलाई म्याग्नेटिक टेप हार्ड डिस्क भनिन्छ ।

कम्प्युटरमा मेमोरीको प्रकारमा कुनलाई गनिदैन्?

उत्तर– कम्प्युटरमा रहेको मेमोरीको प्रकारमा सर्भरलाई गणना गरिँदैन् ।

पेन ड्राइभ के हो?

उत्तर – पेन ड्राइभ एक इलेक्ट्रोनिक मेमोरी हो । पेन ड्राइभ एक पोर्टेबल युनिभर्सल सिरियल बस (यूएसबी) फ्ल्यास मेमोरी उपकरण हो जसले अडियो, भिडियो, र डाटा फाइलहरू कम्प्युटरमा वा कम्प्युटरबाट भण्डारण गर्न र स्थानान्तरण गर्न दिने गर्दछ ।

क्यास मेमोरी किन प्रयोग गरिन्छ?

उत्तर – मेमोरी र प्रोसेसर बीचको गति अवरोध हटाउन कम्प्युटरमा क्यास मेमोरी प्रयोग गरिन्छ ।

कम्प्युटरको मेमोरीमा निर्मित के हो?

उत्तर– कम्प्युटरको बिल्ट इन मेमोरी रोम हो ।

फाइल सेभ गरी कम्प्युटर बन्द गरेपछि कुन ठाउँमा डाटा अपरिवर्तित रहन्छ?

उत्तर– फाइल सेभ गरी कम्प्युटर अफ गरेपछि सेकेन्डरी स्टोरेजमा डाटा अपरिवर्तित रहन्छ ।

कम्प्युटरमा शब्दको लम्बाइ कसरी नापिन्छ?

उत्तर– कम्प्युटरमा बाइटद्वारा शब्दको लम्बाइ नापिन्छ ।

.प्रोग्राम वा निर्देशनहरू समावेश भएको कम्प्युटर प्रणालीको भागलाई के भनिन्छ?

उत्तर– कम्प्युटर प्रणालीको जुन भागमा प्रोग्राममा निर्देशनहरू समावेश हुन्छन् त्यसलाई सफ्टवेयर भनिन्छ ।

कम्प्युटरमा दुईवटा प्रोसेसर इन्स्टल हुँदा यसलाई के भनिन्छ?

उत्तर– कम्प्युटरमा दुईवटा प्रोसेसर इन्स्टल हुँदा त्यसलाई प्यारेलल प्रोसेसिंग भनिन्छ ।

. इन्टरनेटमा प्रयोग हुने कम्प्युटर भाषा के हो?

उत्तर– इन्टरनेटमा प्रयोग हुने कम्प्युटरको भाषा जाभा हो ।

सबैभन्दा छिटो कम्प्युटर कुनलाई मानिन्छ?

सबैभन्दा छिटो कम्प्युटर सुपर कम्प्युटरलाई  मानिन्छ ।

ब्राउजर के हो?

उत्तर– ब्राउजर इन्टरनेटमा वेब पृष्ठहरू खोज्ने सफ्टवेयर हो । वेब ब्राउजर एक सफ्टवेयर हो जसले तपाईंलाई इन्टरनेटमा उपलब्ध सामग्रीहरू जस्तै लेख, इमेज, भिडियो, अडियो र खेलहरू आदि ब्लग वेबसाइटहरूमा उपलब्ध हेर्न र प्रयोग गर्न मद्दत गर्दछ । केहि धेरै लोकप्रिय ब्राउजरहरू गुगल क्रोम, सफारी, मोजिला फायरफक्स, ओपेरा आदि हुन् ।

कम्प्युटर भाइरस के हो?

उत्तर। कम्प्युटर भाइरस भनेको कम्प्युटरलाई नष्ट गर्नका लागि विशेष रूपमा डिजाइन गरिएको सफ्टवेयर प्रोग्राम हो । भाइरसको पूरा नाम भाइटल इन्फोरमेसन रिसोर्ससेज अन्डर सिज हो । भाइरसहरूले कम्प्युटरमा प्रवेश गरेर कम्प्युटरको कार्यलाई असर गर्छ ।