कीवर्डहरू -

डिजिटल पेमेन्ट

सिटीपे र छिटो पैसा बीच ऐतिहासिक मर्जर अन्तिम चरणमा, वैशाख २ लाई माइग्रेसन डेट तोकियो

नेपालको फिनटेक क्षेत्रलाई थप सबल र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ सिटी वालेट प्रा. लि. (सिटीपे) र छिटो पैसा प्रा. लि. बिचको ऐतिहासिक मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

 दुई संस्थाबीचको यो एकतासँगै आगामी वैशाख २ गतेलाई 'प्रपोज्ड माइग्रेसन डेट' तय गरिएको छ, जसले नेपालको डिजिटल भुक्तानी प्रणालीमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

यस मर्जर पश्चात् छिटो पैसाका सम्पूर्ण सेवाग्राहीहरू सिटीपेको अत्याधुनिक र फराकिलो डिजिटल इकोसिस्टममा समाहित हुनेछन् । विशेष गरी पठाओ लगायतका राइड–सेयरिङ प्लेटफर्ममा आबद्ध राइडर, क्याप्टेन र हिरोहरूका लागि यो मर्जर एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुने देखिएको छ । अब राइडरहरूले विभिन्न वालेटहरू प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउँदै सिटीपे मार्फत 'अल-इन-वन' भुक्तानी समाधान प्राप्त गर्नेछन् ।

सिटीपेमा आबद्ध भएपछि राइडरहरूले पठाओको बक्यौता र जरिवाना सिधै एपबाट तुरुन्तै भुक्तानी गरी आफ्नो एकाउन्टलाई सधैँ सक्रिय राख्न सक्नेछन् । साथै, उनीहरूका लागि विशेष क्यासब्याक अफर र लोयल्टी रिवार्डहरूको समेत व्यवस्था गरिएको छ, जसले गर्दा समयको बचत हुनुका साथै दैनिक कारोबार अझ सहज र लाभदायी बन्नेछ ।

फिनटेक क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाउँदै आएको सिटीपेले नेपालभरका लाखौँ मर्चेन्टहरूमा फोनपे, नेपालपे र स्मार्ट क्यूआरमार्फत सहज भुक्तानीको सुविधा प्रदान गर्दै आएको छ । यसका साथै प्रयोगकर्ताहरूले घरमै बसी आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाइ जहाज र बसको टिकट बुकिङ गर्न सक्नेछन् । 

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त यो वालेटले राजस्व, ट्राफिक फाइन र अन्य सरकारी करहरू सिधै भुक्तानी गर्ने सुविधा समेत प्रदान गर्दै आएको छ, जुन उच्च स्तरको इन्क्रिप्शन प्रविधिद्वारा सुरक्षित छ ।

मर्जरका सम्बन्धमा खुसी व्यक्त गर्दै सिटीपे वालेटका सीईओ विनय रेग्मीले छिटो पैसाका हरेक ग्राहक र विशेष गरी सडकमा पसिना बगाउने राइडर हिरोहरूलाई सिटीपेको परिवारमा स्वागत गर्न आफूहरू आतुर रहेको बताए । 

 

डिजिटल पेमेन्ट

एनसीएचएलको १७औँ वार्षिकोत्सव सम्पन्न, नयाँ प्रडक्ट पनि सार्वजनिक

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को १७औँ वार्षिकोत्सव सम्पन्न भएको छ । एनसीएचएलले मंगलबार राष्ट्र बैंकका डेपुटी गभर्नर ब…

एक वर्षमै इसेवाको आम्दानी २१ अर्ब, नाफा ४५ करोड, दक्षिण एशियामा फैलिने योजना

नेपालको अग्रणी डिजिटल वालेट इसेवाले आर्थिक वर्ष २०८१/८२ मा आम्दानी र खुद नाफा दुवैमा उल्लेखनीय वृद्धि गरेको छ।

फिनटेक प्लेटफर्म जुनोमा ग्लोबल इक्विटी फन्डको लगानी

फिनटेक प्लेटफर्म जुनो (पूल टेक्नोलोजीज प्रालि) मा ग्लोबल इक्विटी फन्डले रणनीतिक लगानी गरेको छ। ग्लोबल इक्विटी फन्डले व्यवस्थाप…

लेम्फी र ईसेवा मनी ट्रान्सफरबिच रेमिट्यान्स कारोबार गर्ने सम्झौता

लेम्फीको रूपमा व्यापार गर्ने राइटकार्ड पेमेन्ट सर्भिसेज लिमिटेडले नेपालमा रेमिट्यान्स सेवा सुरु गर्न  डिजिटल भुक्तानी प्लेटफर्…

दशैं तिहारमा वालेटबाट ४० पटकसम्म रकम जम्मा गर्न सकिने

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरूले सञ्चालन गर्ने डिजिटल वालेटमार्फत रकम जम्मा गर्ने सीमामा अस्थायी रूपमा वृद्धि गरेको…

मास्टर र भिसा कार्डबाट पनि अब सरकारी भुक्तानी गर्न सकिने, अन्तर्राष्ट्रिय अन्तरआबद्धता सुरु

अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) मा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली अन्तर आबद्धता सुरु गरेको छ । बिहीबार अ…

फोनपे क्रेडिट कार्डबाट कारोबार गर्दा ५० प्रतिशतसम्म छुट

फोनपेले आफ्ना साझेदार बैंकहरू - सिटिजन्स इन्टरनेशनल बैंक, एभरेष्ट बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक…

इसेवाबाटै अब व्यक्तिगत र व्यावसायिक खाता व्यवस्थापन गर्न सकिने

नेपालकै पहिलो र अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडले व्यवसायी, व्यापारी तथा उद्यमशील व्यक्तिहरूलाई लक्षित गर्दै नय…

डेढ अर्बमा फोनपेको २० प्रतिशत स्वामित्व खरिद गर्दै खेतान समूह

व्यवसायिक घराना खेतान समूहले फोनपेको २० प्रतिशत स्वामित्व खरिद गर्ने भएको छ । शेयर खरिद बिक्रीका लागि खेतान समूहको हाउस अफ राजले फोनपेसँग प्रारम्भिक सम्झौत…

साउन १ गतेदेखि आईएमएई पे र खल्तीको एकीकृत कारोबार सुरू हुने

साउन १ गतेदेखि आईएमएई पे र खल्तीको एकीकृत कारोबार सुरू भएको छ । आईएमई डिजिटल र खल्तीले सूचना प्रकाशित गर्दै साउन १ गतेदेखि …

खल्तीले सुरू गर्‍यो स्मार्ट डिपोजिट सेवा, १०० रूपैयाँबाट बचत यात्रा सुरू गर्न सकिने

डिजिटल वालेट खल्तीले नेपालमै पहिलो पटक वालेटमा आधारित स्मार्ट डिपोजिट सेवा सुरू गरेको छ । मञ्जुश्री फाइनान्ससँगको सहकार्य…

डिजिटल वालेट पेवेल नेपाल र सजिलो पेको लाइसेन्स खारेज

डिजिटल वालेट पेवेल नेपाल र सजिलो पेको लाइसेन्स खारेज भएको छ । नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पेको लाइसेन्स खारेज …

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

नेपाल राष्ट्र बैंकले डिजिटल वालेट आईएमई पे र खल्तीलाई मर्जरका लागि अन्तिम स्वीकृतिपत्र प्रदान गरेको छ । नेपालको इतिहासमै दुई ठू…

डिजिटल भुक्तानीमा लगाइएको भ्याट खारेज

सरकारले डिजिटल भुक्तानीमा सरकारले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेको छ ।

सं…

नबिल बैंकको मोबाइल बैंकिङबाट अब हाम्रो पेमा रकम लोड गर्न सकिने

नेपालकै लोकप्रिय मोबाइल एप हाम्रो पात्रोको आफ्नै डिजिटल वालेट “हाम्रो पे” र अग्रणी बैंकिङ सेवा प्रदायक नबिल बैंक ब…