डिजिटल पेमेन्ट
एनसीएचएलको १७औँ वार्षिकोत्सव सम्पन्न, नयाँ प्रडक्ट पनि सार्वजनिक
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को १७औँ वार्षिकोत्सव सम्पन्न भएको छ । एनसीएचएलले मंगलबार राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा काठमाडौंमा एक औपचारिक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका उपाध्यक्ष, नेपाल वित्तीय संस्था संघका अध्यक्ष, एनसीएचएलका पूर्व तथा वर्तमान अध्यक्ष र सञ्चालकहरूका साथै अर्थ मन्त्रालय, नेपाल सरकारका विभिन्न निकाय, अध्यागमन विभाग, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक (पीएसपी) तथा भुक्तानी सेवा अपरेटर (पीएसओ)का प्रमुखहरूको उपस्थिति रहेको थियो ।
नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरूको नेतृत्वमा २०६५ साल पौष ८ गते स्थापना भएको एनसीएचएलले नेपालमा राष्ट्रिय भुक्तानी, क्लियरिङ्ग तथा सेटलमेन्ट प्रणाली विकास गर्दै आएको छ। प्रारम्भिक चरणमा म्यानुअल चेक क्लियरिङ्गलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्न २०६८ सालमा एनसीएचएल–ईसीसी सञ्चालनमा ल्याएको संस्थाले नेपाल राष्ट्र बैंकको रणनीति अनुरूप आधुनिक डिजिटल भुक्तानी प्रणालीहरू क्रमशः सञ्चालनमा ल्याउँदै आएको छ।
वार्षिकोत्सव समारोहमा एनसीएचएलले कम्पनीमा १० वर्ष सेवा पूरा गरेका हेड–पेमेन्ट सिस्टम छवि सापकोटालाई दीर्घ सेवा पदकबाट सम्मान गरेको छ । साथै, संस्थाका पूर्व अध्यक्ष अनिल केशरी शाह र अशोक शम्शेर जबरालाई एनसीएचएलको स्थापना र विकासमा पुर्याएको योगदानको कदर गर्दै विशेष सम्मान पत्र प्रदान गरिएको छ।
कार्यक्रममा एनसीएचएलले विभिन्न नवीन डिजिटल प्रोडक्ट तथा सोलुसनको अनावरणसमेत गरेको छ । सिद्धार्थ बैंकसँगको सहकार्यमा रिटेल ग्राहकका लागि डिजिटल मोबाइल बैंकिङ सोलुसन, नबिल बैंकसँगको सहकार्यमा कर्पोरेट पे २.०, माछापुच्छ्रे बैंकसँगको सहकार्यमा कार्ड सेन्ट्रल सिस्टम तथा स्मार्ट चोइस टेक्नोलोजीसँगको सहकार्यमा थर्ड पार्टीज नेट सेटलमेन्ट सार्वजनिक गरिएको हो ।
एनसीएचएलले वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, सरकारी निकाय तथा गैर–बैंक संस्थालाई १३ विधामा ‘एक्सिलेन्स इन डिजिटल ट्रान्जेक्शन’ अवार्ड प्रदान गरेको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीतर्फ क्रमशः राष्ट्रिय वाणिज्य बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्सलाई ‘एक्सिलेन्स इन नेपालपे क्यूआर ट्रान्जेक्शन’ अवार्ड प्रदान गरिएको छ । त्यसैगरी, सिद्धार्थ बैंकलाई ‘एक्सिलेन्स इन ईएफटी कार्ड सर्भिसेस्’, ग्लोबल आईएमई बैंकलाई ‘एक्सिलेन्स इन अल्टरनेट डिजिटल च्यानल’ र नबिल बैंकलाई ‘एक्सिलेन्स इन डिजिटाइजिङ बिजनेस विथ कर्पोरेटपे’ अवार्ड प्रदान गरिएको छ ।
नेपाल सरकारको खर्च तथा राजस्व कारोबार डिजिटाइज गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राष्ट्रिय वाणिज्य बैंकलाई विशेष सम्मान गरिएको छ भने ई–भिसाको अनलाइन भुक्तानीका लागि अन्तर्राष्ट्रिय कार्ड पेमेन्ट गेटवे सक्षम बनाउन योगदान पुर्याएको भन्दै गृह मन्त्रालयअन्तर्गत अध्यागमन विभागलाई समेत सम्मान गरिएको छ ।
हाल नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको इजाजत प्राप्त एनसीएचएलमा ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा तथा १०० भन्दा बढी गैर–बैंक संस्था प्राविधिक सदस्यका रूपमा आबद्ध छन्। एनसीएचएलका प्रणालीमार्फत गत आर्थिक वर्ष १८६ खर्ब रुपैयाँभन्दा बढीको २१ करोड १२ लाखभन्दा बढी भुक्तानी कारोबार फछ्र्यौट भएको छ । अघिल्लो वर्षको तुलनामा कारोबार संख्या ६७ प्रतिशत र कारोबार रकम १९ प्रतिशतले वृद्धि भएको एनसीएचएलले जनाएको छ ।
डिजिटल पेमेन्ट
दशैं तिहारमा वालेटबाट ४० पटकसम्म रकम जम्मा गर्न सकिने
नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरूले सञ्चालन गर्ने डिजिटल वालेटमार्फत रकम जम्मा गर्ने सीमामा अस्थायी रूपमा वृद्धि गरेको…
मास्टर र भिसा कार्डबाट पनि अब सरकारी भुक्तानी गर्न सकिने, अन्तर्राष्ट्रिय अन्तरआबद्धता सुरु
अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) मा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली अन्तर आबद्धता सुरु गरेको छ । बिहीबार अ…
फोनपे क्रेडिट कार्डबाट कारोबार गर्दा ५० प्रतिशतसम्म छुट
फोनपेले आफ्ना साझेदार बैंकहरू - सिटिजन्स इन्टरनेशनल बैंक, एभरेष्ट बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक…
इसेवाबाटै अब व्यक्तिगत र व्यावसायिक खाता व्यवस्थापन गर्न सकिने
नेपालकै पहिलो र अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडले व्यवसायी, व्यापारी तथा उद्यमशील व्यक्तिहरूलाई लक्षित गर्दै नय…
डेढ अर्बमा फोनपेको २० प्रतिशत स्वामित्व खरिद गर्दै खेतान समूह
व्यवसायिक घराना खेतान समूहले फोनपेको २० प्रतिशत स्वामित्व खरिद गर्ने भएको छ । शेयर खरिद बिक्रीका लागि खेतान समूहको हाउस अफ राजले फोनपेसँग प्रारम्भिक सम्झौत…
साउन १ गतेदेखि आईएमएई पे र खल्तीको एकीकृत कारोबार सुरू हुने
साउन १ गतेदेखि आईएमएई पे र खल्तीको एकीकृत कारोबार सुरू भएको छ । आईएमई डिजिटल र खल्तीले सूचना प्रकाशित गर्दै साउन १ गतेदेखि …
खल्तीले सुरू गर्यो स्मार्ट डिपोजिट सेवा, १०० रूपैयाँबाट बचत यात्रा सुरू गर्न सकिने
डिजिटल वालेट खल्तीले नेपालमै पहिलो पटक वालेटमा आधारित स्मार्ट डिपोजिट सेवा सुरू गरेको छ । मञ्जुश्री फाइनान्ससँगको सहकार्य…
डिजिटल वालेट पेवेल नेपाल र सजिलो पेको लाइसेन्स खारेज
डिजिटल वालेट पेवेल नेपाल र सजिलो पेको लाइसेन्स खारेज भएको छ । नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पेको लाइसेन्स खारेज …
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
नेपाल राष्ट्र बैंकले डिजिटल वालेट आईएमई पे र खल्तीलाई मर्जरका लागि अन्तिम स्वीकृतिपत्र प्रदान गरेको छ । नेपालको इतिहासमै दुई ठू…
डिजिटल भुक्तानीमा लगाइएको भ्याट खारेज
सरकारले डिजिटल भुक्तानीमा सरकारले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेको छ ।
सं…
नबिल बैंकको मोबाइल बैंकिङबाट अब हाम्रो पेमा रकम लोड गर्न सकिने
नेपालकै लोकप्रिय मोबाइल एप हाम्रो पात्रोको आफ्नै डिजिटल वालेट “हाम्रो पे” र अग्रणी बैंकिङ सेवा प्रदायक नबिल बैंक ब…
करोडौँको अफर रहेको खल्तीको बिगेस्ट पेमेन्ट जात्रा सुरू, स्मार्टफोनदेखि भेस्पासम्म जित्ने मौका
‘खल्ती’ले करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरु गरेको छ । यस संस्करणमा खल्तीले जात्रा ब्या…
ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सेवा सुरू
ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरु…
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको सैद्धान्तिक सहमति, साउनदेखि एकीकृत कारोबार
नेपाल राष्ट्र बैंकले डिजिटल वालेट आईएमई पे र खल्तीलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ । राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति …
इसेवा बैंक तथा सहकारीमा रकम ट्रान्सफर गर्दा १ लाख रुपैयाँ जित्ने अवसर
इसेवाले 'झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस' अफर सार्वजनिक गरेको छ । डिजिटल भुक्तानी प्रणालीलाई थप सहज र सुलभ बनाउन …