कीवर्डहरू -

इभेन्ट

माघ १६ गतेदेखि तीनदिने प्रविधि महोत्सव लोकस आयोजना हुँदै, यस्ता छन् मुख्य आकर्षण

विद्यार्थीहरूले आयोजना गर्ने राष्ट्रिय प्रविधि महोत्सव लोकस (LOCUS) २०२६ यस वर्ष माघ १६, १७ र १८ गते हुने भएको छ। 

इन्जिनियरिङ अध्ययन संस्थान (IOE) अन्तर्गत पुल्चोक क्याम्पसका विद्यार्थीहरूले आयोजना गर्ने यस महोत्सवको मूल विषय ‘Transforming Today: Nepal’s Path to a Digital Future’ रहेको छ। 

तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (AI), साइबर सुरक्षा, डिजिटल स्वास्थ्य, नवीकरणीय ऊर्जा, आधुनिक कृषि, विपद् व्यवस्थापन तथा डिजिटल शिक्षाजस्ता क्षेत्रहरूमा केन्द्रित विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछ।

लोकसले डिजिटल नेपाल र नवप्रवर्तनलाई विशेष प्राथमिकता दिएको छ। त्यसका लागि विद्यार्थी, अनुसन्धानकर्ता, स्टार्टअप, उद्योग तथा नीतिनिर्मातालाई एउटै प्लेटफर्ममा ल्याउने उद्देश्य राखिएको छ। 

यस वर्षको प्रोजेक्ट प्रतिस्पर्धा विषयगत (Thematic) र गैर–विषयगत (Non-Thematic) दुई विधामा हुने छ। विषयगत प्रोजेक्टहरू नवीकरणीय ऊर्जा, कृषि, एआई, साइबर सुरक्षा, ई–लर्निङ र डिजिटल स्वास्थ्यसँग सम्बन्धित हुनुपर्नेछ भने गैर–विषयगत प्रोजेक्टहरूमा हार्डवेयर, सफ्टवेयर र विद्युतीय (Electrical) प्रोजेक्टहरू सहभागी हुन सक्नेछन्।

सहभागीहरू मध्येबाट उत्कृष्टलाई पुरस्कार समेत प्रदान गरिने छ । प्रोजेक्ट प्रदर्शनीका लागि दर्ता गर्न यहाँ क्लिक गर्नुहोस् । प्रोजेक्ट सहभागी हुनका लागि पहिले प्रोजेक्ट आइडिया दर्ता अनिवार्य गरिएको छ ।

कार्यक्रममा रोबो वार, रोबो सकर, रोबो लाइन ड्यास, रोबो पपअप, दोर्नाचार्य प्रतियोगिता समेत सञ्चालन हुनेछ । विजेतालाई पुरस्कारको समेत व्यवस्था गरिएको छ । रोबो प्रतियोगितामा नाम दर्ता गराउन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् । 

यस वर्षको लोकसमा ह्याकाथन, प्रविधि प्रदर्शनी, प्रोजेक्ट शोकेस, वर्कसप, सेमिनार तथा विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रमहरू आयोजना हुनेछन्। प्रिइभेन्टको रूपमा ह्याकाथन, साइबर सिल्ड, हार्डवेयर फेलोशिप, ह्याक अ विक, गर्ल्स टु कोड, कोड जाम जस्ता कार्यक्रम सम्पन्न भइसकेका छन् भने शनिबार वाकाथन आयोजना हुँदैछ।

आयोजकहरूले लोकसलाई विश्वविद्यालय, निजी क्षेत्र र सरकारी निकायबीच सहकार्य प्रवर्द्धन गर्दै समावेशी, सुरक्षित र दिगो डिजिटल नेपाल निर्माणमा योगदान पुर्‍याउने प्लेटफर्मको रूपमा हेरेका छन्। साथै लोकसमा स्टल राख्न चाहने विजनेसहरू यहाँ क्लिक गरी आफ्नो नाम दर्ता गराउन सक्ने छन् । 

सन् २००३ देखि निरन्तर आयोजना हुँदै आएको लोकसले नेपाली युवा र प्रविधि समुदायलाई नवप्रवर्तन र अनुसन्धानतर्फ प्रेरित गर्दै आएको छ। यस वर्षको संस्करण पनि नेपालको डिजिटल भविष्यका लागि विचार, समाधान र नेतृत्व विकासको महत्वपूर्ण प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ।
 

इभेन्ट

युवाका लागि इन्टरनेट गभर्नेन्स र आईक्यान नीति केन्द्रित ‘एपिगा नेपाल २०२५’ सम्पन्न

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) द्वारा आयोजित एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२५ सम्पन्…

नेपाल फिनटेक एक्स्पो २०२६ सुरू, बैंक, वित्तीय संस्था र टेक इन्नोभेटर्स एउटै छानामुनि

नेपाल फिनटेक एक्स्पो २०२६ सुरू भएको छ। फिनटेक अलायन्स नेपालको आयोजनामा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुक्रबारदेखि ए…

शुक्रबार र शनिबार ‘नेपाल फिनटेक एक्स्पो २०२६’, डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउने उद्देश्य

यही पुस १८ र १९ गते ‘नेपाल फिनटेक एक्स्पो २०२६’ हुने भएको छ । फिनटेक अलायन्स नेपालको आयोजनामा ललितपुरको सानेपा…

हार्डवेयर फेलोशिप आयोजना गर्दै लोकस, व्यवहारिक सिकाइमा केन्द्रित

हार्डवेयर, इलेक्ट्रोनिक्स र एम्बेडेड सिस्टममा रुचि राख्ने विद्यार्थी तथा प्रविधि उत्साहीहरूका लागि लोकसले प्रि-इभेन्टको रूपमा हार्डवे…

लोकसले प्रि-इभेन्टको रूपमा ह्याक अ विक गर्दै, यसरी हुनुहोस् सहभागी

प्रविधि तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित लोकसले ‘ह्याक अ विक २०२६’ आयोजना गर्ने भएको छ। लोकसको प्रि-ईभे…

इन्ड्राइभ आइसिटी अवार्ड २०२५ सम्पन्न, १७ विधामा प्रविधि क्षेत्रका स्टार्टअप, संस्था र व्यक्तित्वहरू सम्मानित

दशौं संस्करणको रुपमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टि…

इन्ड्राइभ आइसिटी अवार्ड २०२५ को ग्राण्ड फिनाले शुक्रबार, विभिन्न १७ विधामा अवार्ड प्रदान हुने

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित दशौं संस्करणको आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ४ गते शुक्रबा…

भिरिञ्ची कलेजमा तीनदिने आइसिटी मेला सुरू, फायर फाइटिङ रोबोटदेखि स्मार्ट स्टिकसम्म प्रदर्शनीमा

ललितपुरको कुमारीपाटीस्थित भिरिञ्ची कलेजमा मंसिर २५ गते बिहीबारदेखि 

भोलिदेखि भिरिञ्ची कलेजमा आइसिटी मेला, विद्यार्थीका नवप्रवर्तन र नवीन प्रविधि प्रदर्शनी हुने

ललितपुरको कुमारीपाटीस्थित भिरिञ्ची कलेजमा मंसिर २५ गते बिहीबारदेखि 

बिहीबारदेखि भिरिञ्ची कलेजमा आइसिटी मेला, विद्यार्थीका नवप्रवर्तन र नवीन प्रविधि प्रदर्शनी हुने

ललितपुरको कुमारीपाटीस्थित भिरिञ्ची कलेजले यही मंसिर २५ गते बिहीबारदेखि २७ गते शनिबारसम्म

शनिबार काठमाडौंमा डटनेट कन्फेरेन्स हुँदै, निःशुल्क सहभागी हुन सकिने

एएसपी डटनेट कम्युनिटी नेपालको आयोजनामा आगामी मंसिर २० गते शनिबार काठमाडौंमा ‘डटनेट कन्फेरेन्स २०२५’ हुने भएको …

हल्ट प्राइज पुल्चोक क्याम्पस २०२६ को शीर्ष प्रायोजकमा हिमा अस अफसोर

हल्ट प्राइज एट आइओइ पुल्चोक क्याम्पसले २०२६ संस्करणको शीर्ष प्रायोजकमा हिमा अस अफसोर रहने भएको छ । सम्झौतापत्रमा ह…

नेपालमा पनि मनाइयो अन्तर्राष्ट्रिय कम्प्युटर सुरक्षा दिवस

नेपालमा पनि अन्तर्राष्ट्रिय कम्प्युटर सुरक्षा दिवस मनाइएको छ। नोभेम्बर ३० मा मनाइने यस दिवसका अवसरमा साइबर सुरक्षामा क्रियाशील सर…

विश्वस्तरीय प्रशिक्षकसँग १० दिनसम्म एआई सिक्ने अवसर, कति छ शुल्क र कसरी दिने आवेदन ?

छैटौँ संस्करणको वार्षिक नेपाल एआई स्कुल (ANAIS 2025) का लागि आवेदन खुला गरिएको छ। नेपाल एप्लाइड म्याथम्याटिक्स एन्ड इन्फर्मेटिक्स …

अपांगता भएका व्यक्तिहरूका लागि आयोजना भएको राष्ट्रियस्तरको ह्याकाथन सम्पन्न

नेपालमा पहिलो पटक अपांगता भएका व्यक्तिहरूका लागि आयोजित राष्ट्रियस्तरको ‘एआई फर पिपुल विथ डिसेबिलिटी’ (एआईडीए) ह्…