गण्डकी
अब अनलाइनबाटै ड्राइभिङ लाइसेन्सको राजस्व तिर्न सकिने, गण्डकी प्रदेशबाट सुभारम्भ
सवारी चालक अनुमतिपत्रको राजस्व अब अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । पहिलो चरणमा गण्डकी प्रदेशबाट अनलाइन राजस्व सेवाको सुरूवात भएको हो ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै तिर्न मिल्ने सेवाको सुरूवात बुधबार गण्डकी प्रदेशबाट गरेका हुन् ।
अनलाइन सेवा २० दिनको लागि परीक्षणको रुपमा संचालित हुनेछ । त्यसपछि देशभरका यातायात कार्यलयहरुमा उक्त सेवा लागु हुनेछ ।
अनलाइन सेवाले राजस्व तिर्न यातायात कार्यालयसम्म धाउनुपर्ने झन्झट अन्त्य गर्ने र भीडभाड पनि कम हुने अपेक्षा गरिएको छ ।
गण्डकी
गण्डकी प्रदेशमा टेलिकमको प्रादेशिक निर्देशनालय स्थापना
नेपाल टेलिकमले कम्पनी सञ्चालक समितिको मिति यही गत मंसिर १९ को निर्णय बमोजिम मुलु…