Latest news
अनलाइन ट्राभल बुकिङ प्लेटफर्म ईबुकिङ नेपाल डटकम सार्वजनिक
सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै मानव जीवनशैली सरल, व्यवस्थित र सुविधाजनक बन्दै गएको छ। यससँगै आतिथ्य तथा पर्यटन क्षेत्र पनि प्रविधिबाट अलग रहन नसक्ने अवस्थामा पुगेको छ। नेपालजस्तो तीव्र रूपमा विस्तार हुँदै गएको आतिथ्य उद्योगमा उन्नत सूचना प्रविधिको अधिकतम उपयोग अब विकल्प नभई आवश्यकता बनेको छ।
यही आवश्यकतालाई मध्यनजर गर्दै नेपालमै केन्द्रित डिजिटल ट्राभल तथा सेवा बुकिङ प्लेटफर्म ईबुकिङनेपाल डटकम औपचारिक रूपमा सार्वजनिक गरिएको छ। ईबुकिङनेपाल डटकमको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले गरेका थिए ।
डिजिटल ट्राभल र सेवा बुकिङ प्रणालीलाई अझ प्रभावकारी, प्रयोगमैत्री र सहज बनाउने उद्देश्यका साथ यो प्लेटफर्म सञ्चालनमा ल्याइएको हो। एकीकृत डिजिटल प्लेटफर्ममार्फत होटल बुकिङ, यात्रा व्यवस्थापन, टुर प्याकेज तथा अन्य सेवा बुकिङलाई सरल, सुरक्षित र विश्वसनीय बनाउने लक्ष्य ईबुकिङनेपाल डटकमले लिएको छ। डिजिटल प्रविधिको प्रयोगमार्फत यसले नेपालको पर्यटन तथा सेवा क्षेत्रमा सकारात्मक योगदान पुर्याउने र राष्ट्रिय राजस्व वृद्धिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्लेटफर्मले सेवा विस्तार र रणनीतिक साझेदारीमार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहुँच बढाउने लक्ष्य लिएको छ। ईबुकिङनेपाल डटकमलाई नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रको प्रमुख डिजिटल गेटवेका रूपमा स्थापित गर्दै यात्रुहरूलाई वास्तविक अनुभवसँग जोड्ने र दिगो तथा समावेशी आर्थिक विकास प्रवर्द्धन गर्ने उद्देश्य रहेको जनाइएको छ।
यस प्लेटफर्ममार्फत नेपालका स्थानीय पर्यटन व्यवसायहरूले अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रतिस्पर्धा गर्न सक्ने विश्वास लिइएको छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता आधुनिक प्रविधिको उपयोग तथा नेपाली र अंग्रेजी दुवै भाषामा सेवा उपलब्ध गराइएकाले खोजदेखि बुकिङसम्मको प्रक्रिया सहज, पारदर्शी र सांस्कृतिक रूपमा समृद्ध हुने बताइएको छ।
ईबुकिङनेपाल डटकमले होटल व्यवसायी, ट्राभल एजेन्सी, सेवा प्रदायक र सेवाग्राही सबैलाई लाभ पुग्ने विश्वसनीय डिजिटल इकोसिस्टम निर्माण गर्ने अपेक्षा गरेको छ। उक्त प्लेटफर्मको मोबाइल एप्लिकेसन आईओएस र एन्ड्रोइड दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ, जसलाई एप्पल एप स्टोर र गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ।
एकै प्लेटफर्ममार्फत सबै ट्राभलसम्बन्धी सेवाहरू उपलब्ध गराइएकाले प्रयोगकर्ताले समय, श्रम र खर्च बचत गर्नुका साथै सेवा दक्षता र प्रयोग सहजतामा उल्लेखनीय सुधार हुने आयोजकको दाबी छ।
Latest news
चीनको कडाइले एनवीडियाको एच200 एआई चिप संकटमा, घरेलु प्रविधिलाई प्राथमिकता
चीनले एआई प्रविधिमा आत्मनिर्भरता बढाउने रणनीति अपनाउँदै एनवीडियाको एच200 चिपमाथि कडा सर्त लगाएको छ, जसले चिनियाँ बजारमा अमे…
एक्लोपनको डर हटाउने चिनियाँ मोबाइल एप ‘आर यू डेड’ चर्चामा
ठूला सहरहरूको चमकधमकबीच एक्लै बस्ने मानिसहरूलाई सधैं एउटा डर सताइरहन्छ, यदि आफूलाई केही भयो भने, कसले थाहा पाउने? यही चिन्तालाई सम्बोधन गर्न चीनमा विकसि…
अब सेप्टेम्बरमा सबै आइफोन नआउने, एपलको दशकौँ पुरानो परम्परा टुट्ने संकेत
दुनियाभरका आइफोन प्रयोगकर्ता र फ्यानहरूले हरेक वर्ष सेप्टेम्बरमा नयाँ आइफोन सार्वजनिक हुने प्रतीक्षा गर्छन्। करिब एक दशकदेखि एपलले…
प्रधानमन्त्रीलाई बुझाएको एनसेलको पत्रमा के छ?
नेपालको दूरसञ्चार क्षेत्र पछिल्ला वर्षहरूमा नीतिगत अन्योल, नियामकीय असमानता र लगानीको अनिश्चितताबाट गुज्रिरहेको छ। यही पृष्ठभूमि…
सानिमा बैंक नेपाल पेकार्ड नेटवर्कमा आबद्ध
सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेशनल कार्ड स्विच अन्तर्गत 'नेपाल पे' कार्ड नेटवर्कका लागि द्विपक्ष…
ई–कमर्स निर्देशिका २०८२: जेल सजाय हटाएर जरिवाना मात्र राख्न क्यान महासंघको माग
नेपालको सूचना प्रविधि क्षेत्रको छाता संगठन क्यान महासंघले प्रस्तावित ‘ई–कमर्स निर्देशिका २०८२’ का सम्बन्धमा आफ्न…
नेपालका लागि डिजिटल रुपान्तरण अनिवार्य : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणका साथै समुन्नत नेपाल निर्माणका लागि…
साउदी अरबबाट टिक्मोमार्फत आइएमई गर्दा बीवाईडी गाडीदेखि आईफोनसम्म जित्ने मौका
आइएमई लिमिटेडले साउदी अरबमा रहेका नेपालीहरूका लागि ‘टिक्मो (Tiqmo) मार्फत आइएमई गरौ, उपहार जितौं’ नामक नयाँ य…
इन्स्टाग्राममा पासवर्ड रिसेट इमेलको बाढी, डेटा लिकको आरोपलाई कम्पनीले गर्यो अस्वीकार
पछिल्लो समय धेरै इन्स्टाग्राम प्रयोगकर्ताले अचानक पासवर्ड रिसेट गर्न आग्रह गर्ने इमेलहरू प्राप्त गरेपछि साइबर सुरक्षालाई लिएर चिन्ता …
चितवनमा डोङफेङ नेपालको नामी सेलिब्रेशन ड्राइभ सम्पन्न
नेपालका लागि डोङफेङ इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू वृद्धिले चितवनका सडकमा १०० भन्दा बढी नामी इलेक्ट्रिक सवारीस…
गुगलले ल्यायो एआईमा आधारित किनमेलका लागि ‘युनिभर्सल कमर्स प्रोटोकल’
गुगलले एआई एजेन्टमार्फत किनमेल अनुभवलाई अझ सहज बनाउने उद्देश्यसहित नयाँ खुला मापदण्ड युनिभर्सल कमर्स प्रोटोकल (UCP) सार्वजनिक गर…
माघ १ गतेदेखि सबै बिमा भुक्तानी विद्युतीय प्रणालीबाट गर्न प्राधिकरणको निर्देशन
नेपाल बिमा प्राधिकरणले माघ १ गतेदेखि सबै प्रकारका बिमा भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था मिलाउन …
एससिटीले ल्यायो ‘माई कार्ड’ सेवा, अब डेबिट कार्डमा आफ्नै फोटो राख्न सकिने
भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाईस टेक्नोलोजीज लिमिटेड (एससिटी) ले ‘माई कार्ड’ नामक नयाँ सेवा सञ्चालनमा ल्…
संस्थाको उत्पादकत्त्व बढाउन सघाउने आईटी कम्पनी : आर्कबो टेक्नोलोजिज
आर्कबो टेक्नोलोजिज नेपालको पिपल डेभलपमेन्ट र अर्गनाइजेसनल क्षमता सुधार्ने दीर्घकालीन रणनीतिक दृष्टिकोणको प्रतिबिम्बको रुपमा अघि आएको छ।
एल्गोरिदम ओपन सोर्स गर्ने तयारीमा एक्स
सामाजिक सञ्जाल प्लेटफर्म एक्स (X) ले चाँडै आफ्ना कन्टेन्ट सिफारिस एल्गोरिदम कसरी काम गर्छ भन्नेबारे थप पारदर्शिता प्रदान गर्ने संकेत…