कीवर्डहरू -

Most read

डाटा सकिएपछि मोबाइलको ब्यालेन्स काटिन्छ ? एनटीसीको यो सुविधा प्रयोग गर्नुहोस्

काठमाडौं । मोबाइलमा इन्टरनेट चलाउँदा डाटा प्याक सकिएपछि पनि मुख्य ब्यालेन्सबाट पैसा काटिन सक्छ । डाटा सकिएको थाहा नपाउँदा वा समयमै ध्यान नदिँदा प्रयोगकर्ताले मोबाइलमा रहेको १०० रुपैयाँदेखि हजारौँ रुपैयाँसम्मको ब्यालेन्स गुमाउन सक्छन् ।

विशेष गरी इन्टरनेट प्रयोग गरिरहँदा डाटा प्याक सकिएको सूचना नपाउने वा त्यसलाई बेवास्ता गर्ने प्रयोगकर्ताले यस्तो समस्या भोग्नुपर्ने हुन सक्छ । तर, नेपाल टेलिकम (एनटीसी) का प्रयोगकर्ताले उपलब्ध एउटा सुविधा प्रयोग गरेर अनावश्यक ब्यालेन्स खर्च हुने जोखिम कम गर्न सक्छन् ।

नेपाल टेलिकममा उपलब्ध PAYG (Pay-As-You-Go) सुविधा डिसेबल गरेपछि डाटा प्याक सकिँदा मुख्य ब्यालेन्सबाट पैसा काटेर इन्टरनेट चल्ने सुविधा बन्द गर्न सकिन्छ । यसले डाटा प्याक सकिएपछि पनि थाहै नपाई मुख्य ब्यालेन्स खर्च हुने समस्याबाट जोगिन मद्दत गर्छ ।

PAYG सुविधा डिसेबल गर्ने तरिका
१. मोबाइलको डायल प्याड खोल्नुहोस् र *444# डायल गर्नुहोस् ।
२. मेनुमा देखिने विकल्पमध्ये नम्बर ४ को ‘Enable/Disable PAYG’ विकल्प छान्नुहोस् ।
३. PAYG सुविधा बन्द गर्न नम्बर १ अर्थात् ‘Disable’ विकल्प छान्नुहोस् ।
४. त्यसपछि स्क्रिनमा देखिने निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुहोस् ।

यो प्रक्रिया पूरा भएपछि PAYG सुविधा डिसेबल हुन्छ । त्यसपछि डाटा प्याक सकिएमा मुख्य ब्यालेन्सबाट पैसा काटेर इन्टरनेट चल्ने सुविधा बन्द हुन्छ ।

PAYG सुविधा सक्रिय छ कि छैन, कसरी जाँच्ने ?
आफ्नो सिममा PAYG सुविधा सक्रिय छ वा डिसेबल छ भन्ने जानकारी लिन पनि *444# डायल गर्न सकिन्छ ।
१. मोबाइलबाट *444# डायल गर्नुहोस् ।
२. नम्बर ४ को ‘Enable/Disable PAYG’ विकल्प छान्नुहोस् ।
३. त्यसपछि नम्बर ३ अर्थात् ‘Status’ विकल्प छानेर सुविधाको अवस्था जाँच गर्नुहोस् ।

PAYG सुविधा फेरि कसरी सक्रिय गर्ने ?
भविष्यमा डाटा प्याक सकिएपछि पनि मुख्य ब्यालेन्सबाट पैसा काटेर इन्टरनेट चलाउन चाहनुहुन्छ भने यही मेनुमा गएर नम्बर २ अर्थात् ‘Enable’ विकल्प छान्न सक्नुहुन्छ ।

मोबाइलमा डाटा प्याक र मुख्य ब्यालेन्स दुवै भएका बेला डाटा सकिएपछि अनावश्यक रूपमा पैसा खर्च हुन नदिन PAYG सुविधा उपयोगी हुन सक्छ । त्यसैले मुख्य ब्यालेन्स जोगाउन आफ्नो सिममा यो सुविधा सक्रिय छ वा डिसेबल छ भन्ने जाँच गर्नु राम्रो हुन्छ ।

Most read

विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्मा ६ सदस्यका लागि सिफारिस आह्वान

काठमाडौं । सरकारले राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्का ६ सदस्य मनोनयनका लागि योग्य व्यक्तिहरूको ना…

स्मार्टफोन पड्किनुअघि देखिन्छन् यी ५ संकेत, नगर्नुहोस् बेवास्ता

काठमाडौं । स्मार्टफोन हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ । फोनबाट कुराकानी गर्नेदेखि इन्टरनेट चलाउने, …

कलदेखि भिडियो च्याटसम्मको सुविधा, सार्वजनिक भयो कलएक्सा एप

काठमाडौं । अपरिचित नम्बरबाट फोन आउँदा कसले र के प्रयोजनका लागि फोन गरेको हो भन्ने जानकारी पाउन सहज बनाउने…

ह्वाट्सएपमा सबैका लागि डिलिट गरिएका मेसेज पनि पढ्न सकिन्छ, यस्तो छ तरिका

काठमाडौं । मेटाको लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपमा प्रयोगकर्ताको गोपनीयता र सुविधालाई ध्यानमा राख्दै विभिन्न फि…

सामसङ ग्यालेक्सी ए१७ फाइभजी अब २४ महिनाको किस्ताबन्दीमा

काठमाडौं । सामसङ ग्यालेक्सी ए१७ फाइभजी स्मार्टफोन अब २४ महिनाको किस्ताबन्दी सुविधामा खरिद गर्न पाइने भएको छ ।…

एनपीएल सिजन ३ का लागि नेपाल टेलिकमको अफर, प्रिपेड र पोस्टपेड दुवैलाई सुविधा

काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन ३ लाई लक्षित गरी ‘एनपीएल अनलिमिटेड प्याकेज’…

विद्यालयको विवरणदेखि छात्रवृत्तिसम्म, सबै सूचना एउटै पोर्टलमा

काठमाडौं । देशभरका विद्यालयको अवस्था, विद्यार्थी सङ्ख्या, भौतिक पूर्वाधार र छात्रवृत्तिसम्बन्धी विवरण अब एउटै अनल…

इन्टरनेटमा रहेका आफ्ना व्यक्तिगत डेटा कसरी मेटाउने ? गुगलमा यी सेटिङ परिवर्तन गर्नुहोस्

काठमाडौं । इन्टरनेटको प्रयोग बढ्दै जाँदा प्रयोगकर्ताका व्यक्तिगत जानकारी पनि विभिन्न डिजिटल प्लेटफर्ममा संकलित भ…

फोन चोरी भएमा काम लाग्छन् एन्ड्रोइडका यी ३ सेटिङ, आजै सक्रिय गर्नुहोस्

काठमाडौं । आजकल मोबाइल फोन चोरी हुने घटना सामान्य बन्दै गएको छ । खल्ती, झोला वा अन्यत्र राखिएको फोन अचानक ह…

भारतमा ह्वाट्सएप र टेलिग्राम चलाउन फोनमा सिमकार्ड अनिवार्य गरिँदै

काठमाडौं । भारतमा ह्वाट्सएप, टेलिग्रामलगायतका मेसेजिङ एप प्रयोग गर्ने तरिका परिवर्तन हुने भएको छ । भारतीय दू…

दमौलीमा ब्रदरका प्रिन्टर प्रयोगकर्तालाई नि:शुल्क प्राविधिक सेवा

काठमाडौं । ब्रदर ब्राण्डका प्रिन्टर तथा मल्टिफङ्सन उपकरण प्रयोगकर्तालाई स्थानीयस्तरमै प्राविधिक सेवा तथा परामर्श उप…

डिशहोमका ग्राहकले एनपीएलका खेल थप शुल्क बिना हेर्न पाउने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का खेल डिशहोमका सक्रिय डीटीएच तथा आईपीटीभी ग्राहकले कुनै अत…

एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै खुला राष्ट्रिय अभियान सुरु

काठमाडौं । नेपालको राष्ट्रिय हित, सार्वभौमसत्ता र दीर्घकालीन समृद्धिका लागि बृहत् राष्ट्रिय सहमति निर्माण गर्ने उ…

कामना सेवा विकास बैंकले ल्यायो एआई सहायक ‘केएस मित्र’, अब डिजिटल माध्यमबाटै बैंकिङ सेवा

काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले कृत्रिम बौ…

समकक्षता प्रमाणपत्र वितरण सेवा अस्थायी रूपमा बन्द

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले अनलाइनमार्फत प्रदान गर्दै आएको समकक्षता प्रमाणपत्र वितरणसम्बन्धी सेवा अस्थायी …