कीवर्डहरू -

कुन होला संसारकै सबैभन्दा मूल्यवान ‘इन्डस्ट्री’ ? 

कुन होला संसारकै सबैभन्दा मूल्यवान ‘इन्डस्ट्री’ ? 

प्रविधि क्षेत्र पुनः संसारको मूल्यवान उद्योग (इन्डस्ट्री) हुन सफल भएको छ । ब्राण्ड डाइरेक्टरीको रिपोर्ट अनुसार प्रविधि क्षेत्र सन् २०२२ को सबैभन्दा मूल्यवान उद्योग हुन सफल भएको हो ।

ब्राण्ड डाइरेक्टरीले सार्वजनिक गरेको विश्वका शीर्ष मूल्यवान र बलिया ५०० ब्राण्डको सूचीमा प्रविधि क्षेत्रको जम्मा भ्यालु १.३ ट्रिलियन अमेरिकी डलर रहेको छ ।

अहिलेको आधुनिक युगमा प्रविधि र प्रविधि ब्राण्डको महत्व एकदमै बढ्दै गएको छ भने कोरोना महामारीले त्यसमा झनै इट्टा थपेको छ ।

५०० मूल्यवान ब्राण्डको सूचीमा ५० वटा टेक ब्राण्ड छन् । जसमा ठूला खेलाडी एप्पल, माइक्रोसफ्ट र सामसङ ग्रुप पनि सामेल छन् । एप्पल, माइक्रोसफ्ट र सामसङले मात्रै प्रविधि क्षेत्रको कुल ब्राण्ड भ्यालुको ५० प्रतिशतभन्दा बढी ओगटेका छन् ।

त्यस्तै उक्त सूची अनुसार एप्पलको ब्राण्ड ३५५ बिलियन, गूगलको २६३ बिलियन, माइक्रोसफ्टको १८४ बिलियन, सामसङको १०७ बिलियन, फेसबुकको १०१ बिलियन, ह्वावेको ७२ बिलियन अमेरिकी डलर जम्मा ब्राण्ड भ्यालु रहेको छ ।

उक्त ५० ब्राण्डको सूचीमा २ वटा सेमिकन्डक्टर बनाउने कम्पनी एएमडी र एनभीडीया पनि पर्न सफल भएका छन् । एमडीको ६ बिलियन र एनभीडीयाको १६ बिलियन अमेरिकी डलर ब्राण्ड भ्यालु रहेको छ ।

त्यस्तै संसारकै दोस्रो मूल्यवान उद्योगमा रिटेल उद्योग परेको छ । जसले एक ट्रिलियन अमेरिकी डलर मार्क पार गरेको छ ।