कीवर्डहरू -

फेब्रुअरी ५ मा हल्ट प्राइज आईओईको सेमिफाइनल, ५० टिमबीच प्रतिस्पर्धा हुने

फेब्रुअरी ५ मा हल्ट प्राइज आईओईको सेमिफाइनल, ५० टिमबीच प्रतिस्पर्धा हुने

आगामी फेब्रुअरी ५ मा हल्ट प्राइज आईओईको सेमिफाइनल हुने भएको छ । फेब्रुअरी ५ मा बिहान १० बजेदेखि सेमिफाइनल शुरू हुनेछ ।

यो वर्षको हल्ट प्राइजमा विश्वलाई फेरि काममा फर्काउने अर्थात गेटिङ दि वर्ल्ड ब्याक टु वर्क थिममा विद्यार्थीका परियोजना आधारित हुनेछ ।

बज्र टेक्नोलोजिज,  नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, इम्प्याक्ट नेपाल र भर्टेक्स नेपालसँग आयोजना भएको हल्ट प्राइज एट आईओईमा कुल १०६ उद्यमी टिमहरुले रजिष्टर गरेका थिए, जस मध्ये ५० टिमहरुले सेमिफाइनलमा प्रवेश गरेका छन् ।

हरेक टिमलाई उनीहरुद्वारा पेश गरिएको बिजनेस प्रपोजलका आधारमा चयन गरिएको हो। वान टु वान मेन्टरशीप सिरिज पछि भव्य सेमिफाइनल आयोजना गर्ने तय गरिएको हो ।

सेमिफाइनलमा एमआईटीका अनुसन्धानकर्ता तथा उद्यमी पियुष वर्मा, मोहम्मद जिया उद्दिन, श्रीलंका क्लस्टरमा आपूर्ति प्रमुख तुषार जाधव, मनस्तु स्पेसका सहसंस्थापक  क्रिस्टिन गोल्ड, थट फर फूडकी संस्थापक र सीईओ आयुष बत्ती, सोलूसन डेलिबरीका निर्देशक अशोक कोइराला, बज्र टेक्नोलोजीका फुल स्ट्याक विकासकर्ता निशेष तिवारी, हार्डवेयर सोलूसनस्का वरिष्ठ निर्देशक र भारतका मुख्य रणनीति योजनाकार, ईन्जीनियर आदित्य राज निर्णायकमा रहेका छन् ।

५० टिमहरुले यीनै निर्णायकहरु सामू आफ्ना व्यापार विचारहरु पेश गर्नेछन्, जस मध्ये १८ टिमहरुलाई फाइनलका लागि चयन गरिनेछ ।

यसबाहेक, कार्यक्रमले केही विशेष उद्यमीहरुलाई गेष्ट स्पिकरहरुका रुपमा बोलाउने जनाएको छ । यस पटकको हल्ट प्राइज एट आईओईको सेमीफाइनल विगतका वर्षभन्दा अझ भव्य र शभ्य हुने बताइएको छ ।

राष्ट्रिय, अन्तराष्ट्रिय गेष्ट स्पिकर उपस्थिति र ११ कलजेको सहकार्यमा  हल्ट प्राइज एट आईओईले सम्पन्न गरेको चार उद्यमशिलता टक सिरिज तथा दुई वर्कशप महिनाकै टप अन क्याम्पस प्रोगामका रुपमा विश्वमै फिचर्ड भएको थियो ।