कीवर्डहरू -

के तपाई रियलमी स्मार्टफोन किन्दै हुनुहुन्छ ? यस्ता छन् उपलब्ध मोबाइल र फिचर

के तपाई रियलमी स्मार्टफोन किन्दै हुनुहुन्छ ?  यस्ता छन् उपलब्ध मोबाइल र फिचर

अहिले स्मार्टफोनको माग आकाशिएको छ । हरेक महिना दर्जनौ नयाँ मोडलका स्मार्टफोनहरु आइरहेका छन । मानिसहरु पनि आफ्ना आवश्यक्तासगै नया विशेषताका उत्कृष्ट फोनहरु बोक्न लालहित भएका देखिन्छन ।

कहिलेकहि अरुको लहैलहैमा लागेर वा नबुझेर पनि मोबाइल किन्दा ठगिन सक्नुहुन्छ । व्यक्ति पिच्छे स्मार्टफोनको प्राथमिकता फरक होला र कुनै एक फोन सबैकालागि उपयुक्त पनि नहुन सक्छ ।

रमाइलो के छ भने बजारमा देखिने सबै स्मार्टफोनहरुले एकैखाले काम गर्दछ भन्ने भान हुन्छ । रियलमीका फोन पनि बजारमा एकदमै मागमा रहेका छन् ।

आफुलाइ चाहिने र रकमको जाहो हेरेर तपाइले आफै राम्रो मोवाइल छान्न सक्नुहुनेछ । तपाईंलाई कुन रियलमी फोन उपयुक्त छ भनेर अझै दोधारमा हुनुहुन्छ होला । हामीले केही जानकारीमुलक सामग्री यहाँ प्रस्तुत गरेका छौ ।

नार्जो ५० आई  –इन्ट्री लेभल

\"\"

हाम्रो सूचिको पहिलो स्थानमा रहेको नार्जो ५० आई छ । राम्रो क्यामेराहरु,आकर्षक प्रदर्शन, ठूलो डिस्प्ले र थुप्रै सुविधाहरु भएको यस फोनबाट प्रयोगकर्ताले चाहे अनुसारको फाइदा उठाउन सक्नुहुन्छ ।

१२ हजार ९९९ रुपैयाँमा २ जिबी र्याम र ३२ जिबी स्टोरेज रहेको यस फोन ४ जिबी र्याम र ६३ जिबी स्टोरेजमा पनि उपलब्ध छ । र यसको ब्याट्रीले तपाईंलाई पूरा दिन साथ दिन्छ । तपाईंको जानकारीका लागि, यहाँ उल्लेख गरिएका सबै फोनहरुमा उत्कृष्ट ब्याट्री लाइफ रहेको छ ।

आफ्नो सेग्मेन्टमा अरु भन्दा फरक र आकर्षक डिजाइनले नै नार्जो ५० आइ लाई उत्कृष्ट सावित गर्दछ । डायगनर स्ट्राइप डिजाइन रहेको पछाडिको भाग सुन्दर देखिन्छ र यो फोनमिन्ट ग्रिन र कार्बन ब्ल्याक कलरमा पनि उपलब्ध छ ।

नार्जो ५० आइले आफ्नो प्रदर्शनमा ध्यान दिने भएकाले तपाईंले पबजी जस्ता गेमहरु खेल्न नपाए पनि यसले तपाईंलाई अरु कार्यहरु गर्न सहजता प्रदान गर्दछ ।

रियलमी नाइन आई  मिडरेन्ज

\"\"

गेम खेल्न, फोटोग्राफीमा आकर्षित व्यक्ति अथवा टिक टक बनाउन चाहनुहुन्छ भने यो फोन तपाईंको लागि उपयुक्त छ । तपाईंले सुन्नु भएकै होला “राम्रो फोनहरु सस्तो हुँदै गएका छन् र सस्तो फोनहरु राम्रो” । रियलमी नाइन आई  यसैको उदाहरण हो ।

हाम्रो विशेष स्रोतको अनुसार यो फोन भ्यालेन्टाइनस् डे अगाडि नै आउँदैछ र यसको मूल्य रु. २६,००० को हाराहारी मै उपलब्ध हुनेछ । नार्जो ५० आई राम्रो फोन भएपनि मिडरेन्जरसंग तुलना गर्न मिल्दैन ।

रियलमी नाइन आई मा आकर्षक डिस्प्ले, दु्रत रिफ्रेस रेट र फास्ट प्रोसेसर रहेको छ । माथि नै भने अनुसार यस स्मार्टफोनमा भरपर्दो ब्याट्री छ । रियलमी नाइन आईले फास्ट चाजिङ पनि सपोर्ट गर्दछ । निल ब्याट्री देखि १००% ब्याट्री चार्जहुनजम्मा १ घण्टा भएपुग्छ ।

यस फोनको अन्तिम कुरा क्यामेराको बारेमा गरौं । ५० एमपी एआई  सेन्सरले दिउँसो अथवा रातीपनि एचडि फोटोहरु खिच्छ ।  २ एमपी डेप्थ सेन्सर र २ एमपी म्याक्रो लेन्स पनि यस फोनमा उपलब्ध छ । फोटोग्राफी मनपराउनेहरु सबैलाई यस फोनले आकर्षक तस्विरहरु खिच्न मद्दत गर्दछ ।

यी आकर्षक सुविधा भएपनि हाम्रो लिस्टमा रहेको अर्को फोन अझ परिष्कृत छ ।

रियलमी जिटी नियो २

\"\"

यो एक विशेषफोन हो । यस लिस्टको अन्तिमफोन साँच्चिकै आकर्षक फ्ल्यागसिपफोन हो । १२० हर्ज एएमओएलईडी डिस्प्ले, ६५ वाटको फास्ट चार्जिङ र फास्ट प्रोसेसर सहितको यो फोन अरु महँगो फोनहरुसंग सजिलै प्रतिस्पर्धा गर्न सक्छ । यसको विश्लेषण गरौं ।

६०० हर्जसँगै एचडीआर १० सपोर्ट गर्ने एएमओएलईडी डिस्प्लेको साथ तपाईंले यसको आकर्षक सुविधाहरुको फाइदा उठाउन सक्नुहुन्छ ।

यस फोनको अर्को सुन्दर पक्ष भनेको यसको ब्याट्री हो । यसको ब्याट्री दिनभर चल्छ, ८ लेयरको चार्जिङ सुविधा उपलब्ध छ र जिरो ब्याट्री देखि १०० प्रतिशत ब्याट्री ३३ मिनेटमै चार्ज हुन्छ । जम्मा ५ मिनेट चार्ज गर्दा सुपर डार्ट चार्जिङको मद्दतले २० प्रतिशत ब्याट्री चार्ज हुन्छ ।

यस फोनलाई अझ परिष्कृत बनाउँछ यसमा रहेको स्नापड्रागन एन ८७० एसओसी प्रोसेसर ले । साथै, यस फोनले फाइभजी पनि सपोर्ट गर्छ । यसैगरी, ठूलो स्टेनशील स्टील भेपर च्याम्बरले फोनलाई तात्नबाट जोगाउँछ ।

यस फोनमा अरु दुई विशेष सुविधाहरु छन् ।

पहिलो, जिटी नियो टूको डिजाइन आकर्षक छ । यो फोन नियो ग्रिन कलरमा उपलब्ध छ । अरु रंग विकल्पहरुमा र नियो ब्ल्याक र नियो ब्लु कलरमा पनि यो फोन पाइन्छ ।

दोस्रो यसको क्यामेराहरु हो । प्रमुख सेन्सर ६४ मेगापिक्सेलको छ र यसको साथ वाइड एङगल लेन्स र म्यक्रो लेन्स हुन्छ ।

यसमा थुप्रै सुविधाहरु रहेको छ जसकारण हामी विश्वासका साथ भन्न सक्छौं कि कोही पनि यस फोनको नयाँ प्रयोगकर्ताहरु घण्टौंसम्म क्यामेरा एपमै झुण्डिरहनु हुनेछ ।