कीवर्डहरू -

विवरण दर्ता गराएर पनि के तपाईले राष्ट्रिय परिचयपत्र नम्बर पाउनु भएन् ? अब घरबाटै यसरी पाउनुहोस् 

विवरण दर्ता गराएर पनि के तपाईले राष्ट्रिय परिचयपत्र नम्बर पाउनु भएन् ? अब घरबाटै यसरी पाउनुहोस् 

राष्ट्रिय परिचयपत्र नम्बर अब एसएमएसबाटै पाइने भएको छ । यसअघि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका तर राष्ट्रिय परिचयपत्र नम्बर नपाएका सेवाग्राहीले एसएमएसबाटै नम्बर पाउने भएका हुन् ।

यसका लागि आफ्नो म्यासेज बक्समा गई N लेखेर एक स्पेश दिने र १६ नम्बरको आवेदन नम्बर टाइप गरी ३०००१ मा म्यासेज पठाउनु पर्ने हुन्छ ।

म्यासेज गरेपश्चात पनि राष्ट्रिय परिचयपत्र नम्बर नपाएमा आफ्नो प्रदेश अनुसार प्रदेश १, बागमति र गण्डकी प्रदेशकाले ९८५१३१६०३४ मा र मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकाले ९८५१३१६०३५ मा ह्वाट्सएपमा कन्फर्मेसन पेज/रिसेप्ट/ र म्यासेजको रेस्पोन्सको स्क्रीनशटको फोटो खिचेर पठाउनु पर्नेछ ।
\"\" \"\"