कीवर्डहरू -

अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा ३ जना पक्राउ

अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा ३ जना पक्राउ

अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले नेटवर्किङ व्यवसायमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरेको हो ।

पैसा डबल हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका हुन् । ठगी गरेको भन्दै एकजना पिडितले दिएको उजुरीका आधारमा रोल्पा घर भई हाल घोराही बस्ने ३ जनालाई पक्राउ गरेको हो ।

उनीहरू ३ जनाको नाम गोप्य राखिएको छ । दुई महिनामै पैसा दोब्बर हुने भन्दै प्रतिव्यक्ति रु १५ देखि १८ हजारसम्म हाइपर र साफिरलगायतमा लगानी गर्न भनेर अनलाइन नेटिवर्किङबाट अवैध कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

नेपाल राष्ट्र बैंकले पछिल्लो एक सूचना प्रकाशित गर्दै परामिड शैलीका नेटवर्किङ कारोबार नेपाल अवैध रहेको भन्दै त्यस्तो कारोबार गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।