कीवर्डहरू -

नयाँ स्मार्टफोन किन्दा ध्यान दिनुपर्ने कुरा

नयाँ स्मार्टफोन किन्दा ध्यान दिनुपर्ने कुरा

आजभोलि स्मार्टफोन मानिसको दैनिक आवश्यकता बनिसकेको छ । हामी धेरैजसो काम स्मार्टफोन गर्छौं र स्मार्टफोनमै धेरै समय बिताउँछौं ।

कुनै बेला हामीलाई नयाँ स्मार्टफोन किन्नुपर्ने आवश्यकता पर्न सक्छ । त्यस्तो अवस्थामा कस्तो स्मार्टफोन किन्ने दोधारमा हुनुहुन्छ भने तलका यी कुरालाई ध्यान दिनुहोस् ।

१.आफ्नो बजेट निश्चित गरेर त्यति भित्रमै किन्ने

धेरैजसो स्मार्टफोनमा २००० कै अन्तरालमा थुप्रै फोनहरु राखिएको हुन्छ । यसले गर्दा ग्राहकले अलि बढी खर्च गर्छन भन्ने कम्पनीहरुको मनसाय रहने गर्दछ ।

धेरै फिचर नथपिकन मूल्यमात्रै बढाइएको हुन सक्छ जसले गर्दा यसतो कुरामा राम्ररी मूल्याकंन गर्नुपर्छ । आफूले १५,००० देखि २०,००० सम्मको फोन किन्ने योजना बनाइएको छ भने जसरी पनि त्यति भित्रमै किन्न कोसिस गर्नुपर्छ ।

२. सबै मिड रेन्जप्रोसेसर एकै समान च्ल्ने गर्दछ

क्वालकम स्नापड्रागन ७३० जी र ७३२ जीमाखासै फरक हुदैन् । त्यसतै मध्यमवर्गको प्रोसेसर एकै समानचल्ने गर्दछ । क्वालकमको पाँच थरीको मोबाइल प्रोसेसर छन् ।

त्यसमा स्नापड्रागन ८, ७, ६, ४, २ सिरिज प्रोसेसर रहेका छन् । यसमध्य सबैभन्दा शक्तिशाली भने ८ सिरिजको हुने गर्दछ ।

३.फोनमा तीन वा पाँच ओटा क्यामेराले कुनै फरक पार्दैन्

फोनमा पाँचओटा क्यामेरा भएता पनि धेरैजसो फोनले एउटा या दुइटा मात्रै सेन्सर प्रयोग गर्ने गर्दछ । कुनै पनि फोनले पाँचओटै क्यामेराको एकैचोटि प्रयोग गरेर फोटो खिच्ने गर्दैन् । त्यसैले त्यो हेरेर फोन किन्नु कुनै आवश्यक हुदैन् ।

४. समयसँगै ब्याट्रीलाइफ पनि घट्दै जान्छ

जति नै विज्ञापनहरुले राम्रो ब्याट्रीलाइफ दिने भनेतापनि समयसँगै ब्याट्रीलाइफ पनि घट्दै जान्छ । ६ महिना पछि नै घट्ने प्रक्रिया सुरु हुनथाल्छ ।

त्यसैगरी फोन पनिदिनकै चार्ज गर्नु परि नै हाल्छ । त्यहीकारणले केही एमएएच बढ्ने बित्तिकै महङ्गो फोन किन्नुपर्ने हुदैन् ।

५. धेरैजसो १५ महिना पछि फेरि नयाँ फोन किन्ने रहर लाग्छ

नयाँमोडेल आएकाले होस या नराम्रो परफोमेन्सको कारणले या साधारणतय झ्याऊ लागेर नयाँ किन्न मन लाग्ने हुन सक्छ । त्यहीकारणले नयाँफोन किन्नु पूर्व यो ध्यान दिनुपर्छ ।