कीवर्डहरू -

सीजी नेटको नयाँ अफर, अब १५ दिन निःशुल्क ट्राई गरेपछि मात्रै इन्टरनेट खरिद गर्न सकिने 

सीजी नेटको नयाँ अफर, अब १५ दिन निःशुल्क ट्राई गरेपछि मात्रै इन्टरनेट खरिद गर्न सकिने 

इन्टरनेट सेवा प्रदायक कम्पनी सीजी नेटले ‘१५ डेज फ्री ट्रायल’ नामक नयाँ अफर ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले १५ दिनसम्म सीजी नेट प्रयोग गरेर आफुलाई मन परेमा त्यसपछि मात्रै खरिद गर्न सक्ने छन् ।

यो अफर नयाँ ग्राहकको लागि मात्रै लागु हुने कम्पनीले जनाएको छ । फ्री ट्रायल अफर पाउन यहाँ क्लिक गर्नुहोस् र आफ्नो विवरण सबमिट गर्नुहोस् । त्यसपछि सीजी नेटले तपाईलाई सम्पर्क गर्नेछ ।

सीजी नेटले हाल १२० र ५० एमबीपीएसको इन्टरनेट वितरण गर्दै आएको छ । १२० एमबीपीएसको मासिक मूल्य ९९९ रूपैयाँ र ५० एमबीपीएसको मूल्य ६४९ रूपैयाँ तोकिएको छ ।