कीवर्डहरू -

हल्ट प्राइज एसएमसीको पहिलो सेसन सम्पन्न

हल्ट प्राइज एसएमसीको पहिलो सेसन सम्पन्न

हल्ट प्राइज सरस्वती बहुमुखी कलेज (एसएससी) ले आफ्नो पहिलो इन्फर्मेसन सेसन सफलतापूर्वक समापन गरेको छ । कार्यक्रममा हल्ट प्राइजले ग्लोबल लिडिङ प्लेटफर्मको रुपमा कसरी काम गरिरहेको छ र व्यवसायको आईडियाहरुलाई छलफल गरिएको थियो ।

कार्यक्रममा क्याम्पस निर्देशक बिदुर प्रसाद लोहनी, उप क्याम्पस निर्देशक अनिशा ढकाल र गेष्ट स्पीकर तथा हल्ट प्राइजका उप कम्युनिटी निर्देशक सुजेन श्रेष्ठको संलग्नता रहेको थियो ।

सुजेन श्रेष्ठले आईडिया पिच गर्नको महत्वबारे कुरा गरेका थिए । उनले कम्पनी विकास गर्ने तरिकाहरको बारेमा पनि बताएका थिए । अन्तयमा केही रमाइलो इभेन्टहरु राखेर कार्यक्रमको अन्त्य गरिएको थियो ।