कीवर्डहरू -

सीजी मेरिडिया प्रिमियम वासिङ मेसिन नेपालमा

सीजी मेरिडिया प्रिमियम वासिङ मेसिन नेपालमा

सिजिको ‘सिजि मेरिडिया’ प्रिमियम वासिङ मेसिन बजारमा आएको छ । सिजि मेरिडिया वाशिङ मेसिन ‘स्पाकेयर’ र ‘स्टेरिलाइजेशन’ प्रविधिबाट तयार परिएको सिजि ब्राण्डको लक्जरी उत्पादनहरूमध्ये एक हो ।

यस मेसिनको विशेषता ‘बी ड्राइभ इन्भर्टर मोटर’, ‘स्टेरिलाइजेशन’, र ‘स्पाकेयर’ हुन् । सिजिले ब्रशरहित डाइरेक्ट इन्डक्सन मोटर प्रविधि जडान गरेको छ  । बि ड्राइभ इन्भर्टरले कम ध्वनि उत्पन्न गर्छ ।

यस मोटरलाई कार्य सम्पादन गर्न तत्कालीन ‘इन्डक्सन मोटर’ र ‘ब्रस मोटर’ भन्दा कम उर्जा चाहिने भएकोले कम ध्वनि उत्पन्न गर्नु यस वासिङ मेसिनको स्वतः स्वभाव बन्दछ । त्यसैगरी यो सर्ट सर्किट जस्ता जोखिमबाट मुक्त छ ।

जसले गर्दा  ब्रस भएको अन्य वासिङ मेसिनको तुलनामा यस मेसिन लामो अवधिसम्म टिक्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी, स्टेरिलाइजेशनले कपडालाई ७० डिग्री तापक्रमको पानीमा आधा घण्टाभन्दा बढी धोएर कपडामा भएको प्याथोजेनिक किटाणुलाई निस्क्रिय पार्छ । त्योसँगै, स्पाकेयर उपकरणमा कपडामा भएको ९९.९९ प्रतिशतभन्दा बढी कीटाणुलाई नाश गर्दछ ।

कपडाको मुख्य सफाईभन्दा अघिल्लो चरणका लागि राखिएको यस विशेषताले पानीलाई मनतातो बनाउँछ र चिसो मौसममा पनि कपडा धुन सहज र आरामदायी बनाउँछ ।

मेसिनको हरेक फिचरमा प्रविधिको नवीन प्रयोग गरिएको छ । ‘कनेक्सन किट’ को साथ ‘फ्रन्ट लोडिङ वाशर’ माथि ‘ टम्बल ड्रायर’ राखेर थोरै ठाउँमा पनि राखेर चलाउन सकिन्छ ।

साथै, आकर्षक नब, एर्गो डिजाइनले थप आकर्षण थपेको छ । ५५० मिलिमिटरको मेसिनमा ४४० मिलिमिटरको ढोका रहेको छ, जसले कपडा निकाल्न र कामको प्रगति निरीक्षण गर्नमा सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ ।