कीवर्डहरू -

हल्ट प्राइज आईओई पुलचोक क्याम्पसको ‘टर्निङ्ग ड्रिम टु रियालिटी’ कार्यशाला सम्पन्न

हल्ट प्राइज आईओई पुलचोक क्याम्पसको ‘टर्निङ्ग ड्रिम टु रियालिटी’ कार्यशाला सम्पन्न

हल्ट प्राइज आईओई पुलचोक क्याम्पसले बज्र टेक्नोलोजिज, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, दराज, इम्प्याक्ट नेपाल र भर्टेक्स नेपालसँग आफ्नो अन्तिम कार्यशाला  ‘टर्निङ्ग ड्रिम टु रियालिटी’ सफलतापूर्वक सम्पन्न गरेको छ ।

यस कार्यक्रममा आफ्नो ठोस विचारहरुलाइ वास्तविकतामा परिणत गर्ने विषयबारे छलफल भएको थियो ।कार्यक्रमको उद्घाटन इ.स.अ.हल्ट प्राइजकी मिडिया कभरेज प्रबन्धक सुनीति श्रेष्ठले गरेकी थिइन । उनले हल्ट प्राइजको उद्देश्य र विषयवस्तु प्रस्तुत गर्दै कार्यक्रम बारे संक्षिप्तमा टिप्पणी गरेकी थिइन् ।

कार्यक्रममा प्रथम सहजकर्ता हल्टका पुर्व क्याम्पस प्रबन्धक, एसिया क्षेत्रका लागि हल्ट प्राइज फाउन्डेसनका क्षेत्रीय सहयोगी तथा  नेक्सजेन फाउन्डेसनका संस्थापक  जय किशन पञ्जियार थिए ।  उनले भर्चुअल ह्याकाथन गर्न क्वान्टम ह्याकको नेतृत्व पनि गरेका थिए ।

उनले विचारलाई यथार्थमा परिणत गर्न चुनौतीहरूको सामना गर्नुपर्ने बताएका थिए । १/२ वर्षमा सानो स्टार्टअप मल्टिमिलियनर सम्म पुग्न सकेको यथार्थ तर्फ इङ्गित गर्दै उनले जुनसुकै विचारहरुमा अन्वेषण गर्न, सहानुभूति दिने सरोकारवालाहरुसगँ राम्रो सम्वन्ध राख्न, अवसरहरू प्रयोग गर्न,बजार परीक्षण गर्न र उपभोक्ताहरुलाई सधै केन्द्रबिन्दुमा राख्नुपर्ने सल्लाह दिए ।

त्यसैगरी कार्यक्रममा मञ्च न्यु इम्प्याक्ट हब काठमाडौंकी निर्देशक,  आइ-क्युब व्यापार इन्क्युबेशन कार्यक्रमकी डिजाइनर बाहार कुमारको सहभागिता थियो । कुमारले राम्रो टिम बिना सफलता सम्भव नभएको बताउँदै नाफा मात्र नभइ सामाजिक वातावरणीय परिवर्तन सिर्जना गर्ने विचार हुनुपर्ने बताइन् ।