कीवर्डहरू -

हल्ट प्राइज आईओईको सेमिफाइनल सम्पन्न, १८ टिम फाइनलमा प्रवेश

हल्ट प्राइज आईओईको सेमिफाइनल सम्पन्न, १८ टिम फाइनलमा प्रवेश

हल्ट प्राइज एट आईओईले सेमिफाइनल सम्पन्न गरेको छ । बज्र टेक्नोलोजिज, भर्टेक्स नेपाल, इम्प्याक्ट नेपाल र दराजसँगको सहकार्यमा माघ २२ गते शनिबार सफलतापूर्वक सेमिफाइनल सम्पन्न भएको हो ।

मिडिया कभरेज प्रबन्धक सुनीतिले सेमिफाइनलमा पुगेका ४७ टोली, निर्णायक प्यानल, अतिथि र रोमाञ्चक दिनको प्रतीक्षामा उपस्थित सबैलाई सम्बोधन गर्दै मैदानमा कडा प्रतिस्पर्धाको बाबजुद सेमिफाइनलसम्म पुग्न सफल भएकोमा सहभागीहरुलाई बधाई दिएकी दिइन् ।

क्याम्पस निर्देशक विशाल बस्यालले दर्शक, निर्णायक मण्डल, सहभागी र अतिथिहरूलाई सम्बोधन गर्दै न्यानो स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रमका  मुख्य वक्ता बजरा टेक्नोलोजीका प्रतिनिधि र हार्डवेयर सोलुसनका वरिष्ठ निर्देशक निशेष तिवारीले ‘ड्रिमिङ बिग’ मा जोड दिदै बज्र टेक्नोलोजीजको यात्रा पनि एउटा सपनाबाट शुरू भएको बताए ।

सपना देखेपछि त्यसलाई वास्तविकतामा साकार पार्न अठोट लिनुपर्ने उनको भनाइ छ । कार्यक्रमको मुख्य आकर्षण पिचिङ पनि थियो । प्रत्येक टिमले ३ मिनेटमा आफ्नो पिच र २ मिनेट निर्णायकहरुको प्रश्नहरुको उत्तर दिएका थिए ।

पिचिङ ३ स्लटमा सम्पन्न भएको थियो, जहाँ प्रत्येक स्लटमा फरक निर्णाय थिए । निकै अन्तरक्रियात्मक रहेको सेमिफाइनलमा दर्शकहरुबाट पनि विध्यमान समस्या र परियोजनाको समायोजनबारे जिज्ञासा हरु आएका थिए । पिचिङ स्लटहरूको बीचमा अभिस्कर केसीले सांगीतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा सौनक भट्टले मानिसको मानसिकता, व्यवहार, भावनात्मक ढाँचा, दृष्टिकोण र आत्म-जागरूकताको साथ विश्वास प्रणालीहरू बढाएर जीवनको विकास गर्न मद्दत गरिरहेको र सबैले गर्नुपर्ने बताए ।

त्यस्तै प्रोजेक्ट म्यानेजर आकृति शर्माले १३ वर्षको उमेरमा थ्रीडी प्रिन्टर आविष्कार गरेको अनुभव र परियोजनाको विषयमा कुराकानी गरेकी थिइन् ।

सहभागीहरुलाई सामाजिक उद्यमशीलताको अवधारणाबारे प्रष्ट पार्दै उनले विश्वव्यापी रुपमा सोच्न र स्थानीय रुपमा समाधान गर्न प्रोत्साहित गरिन ।

कार्यक्रममा पूर्व मिस नेपाल तथा सफल मार्केटिङ उद्यमी इभाना मानन्धरले मार्केटिङ र ब्रान्डिङका कुरा विस्तृत रूपमा बताएकी थिइन् ।

अतिथि वक्ता रेन्डम नेपाली युट्युब च्यानलका राष्ट्रविमोचन तिम्लसिनाले स्रोताको जिज्ञासालाई सम्बोधन गर्दै नेपालमा क्रिप्टोकरेन्सीको वैधानिकताबारे आफ्नो धारणा व्यक्त गरे र यसलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउनुको साटो नयाँ क्षितिज तथा प्रविधिमा आउने चुनौतीलाई आत्मसात गर्नुपर्ने धारणा राखेका थिए ।

सेमिफाइनलबाट १८ टिम फाइनलका लागि प्रवेश गरेका छन् । फाइनलका लागि ५० टिमबीच प्रतिस्पर्धा भएको थियो । ५० टिमको पिचिङ सुनेपछि निर्णायकले फाइनलका लागि १८ टिम घोषणा गरेका थिए ।

फाइनलमा मशुर, एग्रिपथ, ल्यान्स, परिवर्तन, फोनिक्स, मिम, सारथी, एभालेन्च, एफोर, हस्लर्स, स्टिचेच, एलिजेन, स्टिचेच, कापाय, पेमुला, क्वेस्ट, अर्थो, मेजरमेन्ट एआई र पिच बलाइन्सर्स प्रवेश गरेका छन् ।

सेमिफाइनलमा एमआईटीका अनुसन्धानकर्ता तथा उद्यमी पियुष वर्मा, मोहम्मद जिया उद्दिन, श्रीलंका क्लस्टरमा आपूर्ति प्रमुख तुषार जाधव, मनस्तु स्पेसका सहसंस्थापक  क्रिस्टिन गोल्ड, थट फर फूडकी संस्थापक र सीईओ आयुष बत्ती, सोलूसन डेलिबरीका निर्देशक अशोक कोइराला, बज्र टेक्नोलोजीका फुल स्ट्याक विकासकर्ता निशेष तिवारी, हार्डवेयर सोलूसनस्का वरिष्ठ निर्देशक र भारतका मुख्य रणनीति योजनाकार, ईन्जीनियर आदित्य राज निर्णायकमा रहेका थिए ।