कीवर्डहरू -

विगत ३९ वर्षमा निन्टेन्डोले विक्री गर्‍यो ६ खर्ब ३५ अर्ब बढी गेम

विगत ३९ वर्षमा निन्टेन्डोले विक्री गर्‍यो ६ खर्ब ३५ अर्ब बढी गेम

निन्टेन्डोले विगत ३९ वर्षमा ६ खर्ब ३५ अर्ब बढी गेमहरु विक्री गर्न सफल भएको छ । एनईएस देखि स्वीच सम्ममा मनोरञ्जन उद्योगमा निन्टेन्डोले एकदमै शक्तिशाली भूमिका निर्वाह गरेको छ ।

कम्पनीको बुमिङ गेम हार्डवेयर व्यवसायले सन् १९८३ मा एनईएस सार्वजनिक भएदेखि २०० बिलियन डलरको आय आर्जज गरेको छ । विगत ३९ वर्षमा निन्टेन्डोले ८१ करोड ४० लाख डिभाइसमा ढुवानी गरिसकेको छ ।

सफ्टवेयरको मामिलामा पनि निन्टेन्डोले एकदमै राम्रो गरिरहेको छ । कम्पनीले अहिलेसम्म ६ खर्ब ३५ अर्ब सफ्टवेयर विक्री गरिसकेको छ ।

यसमा एनईएस देखि डिएस र नयाँ आएको स्वीच सम्म पर्ने गर्दछ । निन्टेन्डो स्वीच दुबै सफ्टवेयर र हार्डवेयरको हेर्दा निन्टेन्डोको तेस्रो सबैभन्दा बढि विक्री हुने कन्सोल हो ।