कीवर्डहरू -

अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता आयोजना हुँदै, कसरी हुने सहभागी ?

अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता आयोजना हुँदै, कसरी हुने सहभागी ?

अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरण र सिर्जनशील समाज नेपालको सयुक्त आयोजना तथा राष्ट्रिय बाल अधिकार परिषदको समन्वय र नेट फर गुड एलाइन्सको सहकार्यमा अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता आयोजना हुने भएको हो ।

यस प्रतियोगितमा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका सातै प्रदेशका बालबालिकाहरू सहभागी हुन सक्ने छन् ।

बालबालिकाहरूले अनलाइन बाल सुरक्षा, डिजिटल साक्षरता, अनलाइन बाल सुरक्षामा बाल क्लब, स्थानीय तह, सरकारको भूमिका, अनलाइन संसारमा अवसर र राम्रा अभ्यास, आर्टिफिसियल इन्टेलिजेन्स र अवसर, विकासमा सूचना, सञ्चार तथा प्रविधि जस्ता विषयमा भिडियोमा बनाइ पठाउन सक्नेछन् ।

यी विषयहरूमा एक वा एकभन्दा बढी भिडियो बनाई भाग लिन सकिने छ । भिडियोको अवधि अधिकतम २ मिनेटसम्मको हुनुपर्नेछ । भिडियो एमपी फोर फर्म्याटमा हुनेछ । भिडियो प्रदेशअनुसार तोकिएको इमेलमा पठाउनु पर्नेछ ।

भिडियो नेपाली वा अंग्रेजी भाषामा बनाउन सकिने छ । भिडियो व्यक्तिगत वा सामुहिक रूपमा बनाउन सकिने छ । भिडियो बनाउँदा जाति, भाषा, धर्म, लिंग, बूगोल वा अन्य कुनै आधारमा आक्षेप लाग्ने वा भेदभाव हुने विषयवस्तु समावेश गर्न पाइने छैन् ।

यस्तो छ प्राधिकरणको सूचना