सामसङको ग्यालेक्सी ट्याब एस एटको फिचरहरु लिक भएका छन् । दुई दिन पछि रहेको कार्यक्रमको प्रेस रिलिज लिक भएपछि ग्यालेक्सी ट्याब एस एटको फिचरहरु बाहिरिएका हुन् ।
एस एटको तीन ओटै मोडेलमा ४ न्यानोमिटरको चिप रहेको छ नुन स्नापड्रागन ८ जेन १ चिप हुनेछ । यसमा १३ मेगापिक्सेलको डुअल रियर क्यामेरा, ६ मेगापिक्सेलको अल्ट्रा वाईड क्यामेरा र फ्लास यूनिट हुनेछ ।
क्यामेराले फोर के भिडियो रेर्कडिङलाई सपार्ट गर्नेछ । ग्यालेक्सी ट्याब एस एटमा १२.४ १४.६ इन्चको एएमओएलईडी स्क्रीन रहनेछ र ग्यालेक्सी ट्याब अल्ट्रामा १४.६ इन्चको एएमओएलईडी स्क्रीन रहनेछ ।
यसमा फिगंर प्रिन्ट सेन्सर पनि रहनेछ । ग्यालेक्सी ट्याब र ग्यालेक्सी ट्याब अल्ट्रामा एसपेन सपोर्ट पनि रहनेछ ।
ग्यालेक्सी ट्याब अल्ट्रा ११ हजार २०० एमएएचको ब्याट्रीसँग उपलब्ध हुनेछ । त्यस्तै ग्यालेक्सी ट्याब ८ हजार एमएएचको ब्याट्री र ग्यालेक्सी ट्याब प्लस १० हजार ९० एमएएचको ब्याट्रीसँग उपलब्ध हुनेछ ।