कीवर्डहरू -

प्रभु पे प्रयोगकर्ताले अब फोनपेको क्युआर कोड स्क्यान गरेर पैसा तिर्न सक्ने

प्रभु पे प्रयोगकर्ताले अब फोनपेको क्युआर कोड स्क्यान गरेर पैसा तिर्न सक्ने

फोनपे नेटवर्कमा डिजिटल वालेट प्रभु पे आवद्ध भएको छ । बुधबार एक कार्यक्रम आयोजना गर्दै फोनपे र प्रभु पेबीच सहकार्य भएको हो ।

योसँगै अब प्रभु पेबाट फोनपेको क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने छ ।

सोमबार एमएनएस टावरमा आयोजित एक कार्यक्रमा फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटा र प्रभु पेका सीईओ बिक्की शाही हस्ताक्षर गरेका हुन् । अब प्रभु पेका ७ लाख प्रयाेगकर्ताले भुक्तानी गर्न पाउने छन् ।

यसअघि प्रभु पेका प्रयोगकर्ताले फोनपेको क्युआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने सुविधा थिएन् । तर यो सम्झौतासँगै प्रभु पेका प्रयोगकर्ताले विभिन्न पसल, धार्मिक स्थल, होटेल, रेष्टुरेन्ट लगायतका अन्य क्षेत्रमा रहेका फोनपेको क्युआरकोड स्क्यान गरेर भुक्तानी गर्न सक्ने छन् ।

प्रभु पेका सीईओ बिक्की शाहीले क्यासलेस र डिजिटल साेसाइटी बनाउन याे सहकार्य भएकाे र आगामी दिनमा पनि सहकार्य गर्दै जाने बताए ।

फोनपे नेटवर्कमा इसेवा, आइएमइ पे र सेलपे, खल्ती जस्ता भुक्तानी सेवा प्रदायक आबद्ध छन् । अब यसमा प्रभु पे पनि थपिएको छ ।

फाेनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटाले अब पहिलाे प्राथमिकता डिजिटल भुक्तानी हुनुपर्ने बताए ।

डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख ५० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् ।

बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् ।

दुईवर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसी आइडि एसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो ।