कीवर्डहरू -

एक महिनामा मोबाइल वालेटबाट १६ अर्ब बढीको कारोबार

एक महिनामा मोबाइल वालेटबाट १६ अर्ब बढीको कारोबार

एक महिनामा मोबाइल वालेटबाट १६ अर्ब बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पुस महिनामा डिजिटल वालेटबाट १६ अर्ब २७ करोड ६० लाख कारोबार भएको हो ।

१ करोड ३७ लाख १२ हजार २०६ वटा कारोबारबाट १६ अर्ब २७ करोड ६० लाख कारोबार भएको छ । मंसिरमा १ करोड ३० लाख ३० हजार ८०४ वटा कारोबारबाट १५ अर्ब ५२ करोड ८० लाख कारोबार भएको थियो ।

मंसिरभन्दा पुसमा वालेटबाट हुने कारोबार र कारोबार संख्या दुबै बढेको छ । पछिल्लो समय डिजिटल भुक्तानीलाई सरकारले प्राथमिकतामा राखेसँगै डिजिटल भुक्तानी प्रवेश बढ्दो मात्रामा भइरहेको छ ।