सामसङको ग्यालेक्सी ट्याब एस एट बुधबार आयोजना गरिएको अनप्याक्ड इभेन्टमा सार्वजनिक गरिएको छ । एस एटको तीन ओटै मोडेलमा ४ न्यानोमिटरको चिप रहेको छ जुन स्न्यापड्रयागन ८ जेन १ चिप हो ।
ट्याबमा अहिलेसम्मै प्रयोग गरिएको मध्य सबैभन्दा छिटो चल्ने प्रोसेसर यसमा प्रयोग गरिएको हो । यसमा १३ मेगापिक्सेलको डुअल रियर क्यामेरा, ६ मेगापिक्सेलको अल्ट्रा वाईड क्यामेरा र फ्लास यूनिट पनि प्रयोग गरिएको छ । क्यामेराले फोर के भिडियो रेर्कडिङलाई सपार्ट गर्छ ।
ग्यालेक्सी ट्याब एस एटमा १२.४ इन्चको एएमओएलईडी स्क्रीन छ र ग्यालेक्सी ट्याब अल्ट्रामा १४.६ इन्चको एएमओएलईडी स्क्रीन रहेको छ । यसमा फिगंर प्रिन्ट सेन्सर पनि छ ।
ग्यालेक्सी ट्याब र ग्यालेक्सी ट्याब अल्ट्रामा एसपेन सपोर्ट पनि छ । ग्यालेक्सी ट्याब अल्ट्रा ११ हजार २०० एमएएचको ब्याट्रीसँग उपलब्ध भएको छ ।
त्यस्तै ग्यालेक्सी ट्याब ८ हजार एमएएचको ब्याट्री र ग्यालेक्सी ट्याब प्लस १० हजार ९० एमएएचको ब्याट्रीसँग आउँछ । ट्याबको प्रिअर्डर सुरु भईसकेको छ । तीन ओटा मोडेलको ७०० डलर, ९०० डलर र ११०० डलर पर्ने गर्दछ ।