कीवर्डहरू -

क्रिप्टोकरेन्सी र अनलाइन नेटवर्क मार्केटिङ व्यवसायलाई नियमन गर्छौः अर्थमन्त्री

क्रिप्टोकरेन्सी र अनलाइन नेटवर्क मार्केटिङ व्यवसायलाई नियमन गर्छौः अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले क्रिप्टोकरेन्सी र अनलाइन नेटवर्क मार्केटिङ व्यवसायलाई नियमन गर्ने बताएका छन् । चालु आर्थिक वर्ष २०७८/८९ को अर्ध वार्षिक समीक्षा गर्दै मन्त्री शर्माले क्रिप्टोकरेन्सी र प्रविधिबाट भइरहेका नेटवर्क मार्केटिङ व्यवसाय नियमन गर्ने बताएका हुन् ।

क्रिप्टोकरेन्सी र अनलाइन नेटवर्क मार्केटिङ व्यवसाय जस्ता अवैध कारोबार अर्थतन्त्रमा थप चुनौती थप्ने भएकाले नियमन गरिने उनले बताए ।

शर्माले क्रिप्टोकरेन्सी, हाइपर फण्ड, बेटिङ लगायत प्रविधिको प्रयोगले गर्दा पुँजी पलायन भइरहेको र त्यसबारे अनुसन्धान गर्न तथा नियमन गर्न कमिटी बनाएर काम गरिरहको बताए ।