कीवर्डहरू -

करिब ३९ लाख लगानीकर्ताले प्रयोग गर्छन् मेरो शेयर, कति पुगे डिम्याट खाता ? 

करिब ३९ लाख लगानीकर्ताले प्रयोग गर्छन् मेरो शेयर, कति पुगे डिम्याट खाता ? 

करिब ३९ लाख लगानीकर्ताले मेरो शेयर प्रयोग गर्ने गरेका छन् । बिहीबार अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन अनुसार ३८ लाख ९३ हजार लगानीकर्ताले सीडीएससीको मेरो शेयरको खाता प्रयोग गर्ने गरेका छन् ।

पछिल्लो समय शेयर मार्केटमा नयाँ नयाँ लगानीकर्ता आकर्षण बढिरहेको छ र डिम्याट खाता खोल्नेको संख्यामा पनि दिनदिनै बढिरहेको छ ।

हितग्राही (डिम्याट) खाताको संख्या ४७ लाख ८१ हजार पुगेको सो प्रतिवेदनमा उल्लेख छ । साथै दोस्रो बजारमा शेयरको कारोबार गर्न १३ लाख लगानीकर्ताले युजनेम लिएको उक्त प्रतिवेदनमा बताइएको छ ।