कीवर्डहरू -

अब अनलाइनबाटै ५ लाखसम्म कर्जा पाइने, विद्युतीय कर्जा सम्बन्धि मार्गदर्शन जारी

अब अनलाइनबाटै ५ लाखसम्म कर्जा पाइने, विद्युतीय कर्जा सम्बन्धि मार्गदर्शन जारी

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुन कर्जा (डिजिटल ल्यान्डिङ) सम्बन्धि मार्गदर्शन २०७८ जारी गरेको छ । पछिल्लो समय विद्युतीय माध्यमबाट हुने कारोबारमा उल्लेख्य वृद्धि हुन थालेको छ ।

यस्तो अवस्थामा ग्राहकको भौतिक उपस्थिति बिना नै वित्तिय सेवाको माग बढ्दै गएकाले बैंक तथा वित्तिय संस्थाहरूमा कर्जाको आवेदनदेखि कर्जा प्रवाह गर्नेसम्मको प्रक्रियालाई सहजीकरण गर्न राष्ट्र बैंकले डिजिटल ल्यान्डिङ सम्बन्धि मार्गदर्शन जारी गरेको हो ।

अब बैंक तथा वित्तिय संस्थामा तलवी खाता खाता रहेका वा पेशागत तथा व्यवसायिक आय जम्मा हुने खाता रहेको ग्राहकको हकमा अधिकतम ५ लाख र अन्य ग्राहकको हकम अधिकतम २ लाख रूपैयाँसम्म विद्युतीय कर्जा उपलब्ध हुनेछ ।

यस्तो कर्जाको अवधि अधिकतम ३ वर्षसम्म हुनेछ । साथै कर्जा प्रदान गर्दा/फिर्ता भुक्तानी गर्दा एकैपटक वा किस्तामा समेत भुक्तानी गर्न सकिने छ ।

ग्राहकसँग कर्जाको आवेदन लिदा बैंक तथा वित्तिय संस्थाले विद्युतीय कर्जा प्रवाह सम्बन्धि एक छुट्टै पोर्टलको व्यवस्था गरी आवेदन लिने व्यवस्था मिलाउनु पर्नेछ ।

बैंक तथा वित्तिय संस्थाले मोबाइल एपबाट विद्युतीय कर्जाको आवेदन लिन सक्नेछन् । कर्जासम्बन्धि कागजातहरू विद्युतीय माध्यमबाट सुरक्षित रूपमा राख्ने व्यवस्था मिलाउनुपर्ने राष्ट्र बैंकले बताएको छ ।

यस्तो छ विद्युतीय कर्जा सम्बन्धि मार्गदर्शन २०७८