कीवर्डहरू -

आईतबारदेखि इसेवाबाटै बागमती प्रदेशमा दर्ता भएका सवारी साधनको ब्लुबुक नवीकरण गर्न सकिने  

आईतबारदेखि इसेवाबाटै बागमती प्रदेशमा दर्ता भएका सवारी साधनको ब्लुबुक नवीकरण गर्न सकिने  

बागमती प्रदेशमा दर्ता भएका सवारी साधनको ब्लुबुक नविकरणको शुल्क अब इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ ।

फागुन १ गते आईतबारदेखि बागमती प्रदेशको सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) को नवीकरण शुल्क तिर्न सकिने भएको हो ।

अन्य प्रदेशमा पनि यो सेवा छिट्टै शुरू हुने इसेवाले जनाएको छ । इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् ।

हाल इसेवाका देशभर करिब एक लाख ३० हजार  एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन् ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।