कीवर्डहरू -

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँट, अनलाइनबाटै यसरी हेर्नुहोस् नतिजा

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँट, अनलाइनबाटै यसरी हेर्नुहोस् नतिजा

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँट भएको छ ।  बिक्री प्रबन्धक प्रभु क्यापिटलले आईतबार साँझ लघुवित्तको आईपीओ बाँडफाँट गरेको हो ।

लघुवित्तको आईपिओमा कुल २७ लाख ९ हजार ८ सय ५५ जनाको आवेदन परेको थियो, जसमा २५ लाख ९१ हजार ७ सय २ जना आवेदक योग्य रहेका थिए । गोलाप्रथाबाट ४८ हजार ७ सय ९० जनाले १० कित्ता शेयर पाएका छन्  ।

यस्तो छ रिजल्ट हेर्ने तरिका

जाल्पा सामुदायिक लघुवित्तको आईपीओको नतिजा अनलाइनबाटै थाहा पाउन सकिन्छ । नतिजा बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट , सिडीएससीको मेरो शेयरको वेबसाइट तथा मोबाइल एप र सिडीएसको आईपीओ रिजल्ट वेबसाइट बाट हेर्न सकिने छ । त्यस्तै जाल्पा सामुदायिक लघुवित्तको वेबसाइट बाट पनि नतिजा थाहा पाउन सकिन्छ ।