कीवर्डहरू -

वर्ल्डलिंकको सहकार्यमा ३७ बाल आश्रममा निःशुल्क इन्टरनेट सेवा दिदै नेपाल इन्टरनेट फाउन्डेसन

वर्ल्डलिंकको सहकार्यमा ३७ बाल आश्रममा निःशुल्क इन्टरनेट सेवा दिदै नेपाल इन्टरनेट फाउन्डेसन

नेपाल इन्टरनेट फाउन्डेसनले वर्ल्डलिंकसँगको सहकार्यमा ३७ वटा बाल आश्रममा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने उपलब्ध गराउने भएको छ ।

वर्ल्डलिंक कम्युनिकेसनको सहकार्यमा नेपाल इन्टरनेट फाउन्डेसनले बुढानिलकण्ठ नगरपालिकाका ३७ वटा बाल आश्रममा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको हो ।

सुरक्षित इन्टरनेट दिवसको अवसरमा बुढानिलकण्ठ नगरपालिकाका ३७ वटा बाल आश्रममा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन वर्ल्डलिंकसँग सहकार्य गरेको नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिए ।

त्यस्तै १२ फेब्रुअरीमा फाउन्डेसनले सुरक्षित इन्टरनेट दिवस २०२२ को अवसरमा शनिबार बुढानीलकण्ठ नगरपालिकाका तीन वटा बाल आश्रम, पालनपोषण गृहमा सन्देश सहितको कार्टुन पोस्टर समेत विमोचन गरेको छ ।

कार्यक्रमको मुख्य उद्देश्य बालबालिकालाई इन्टरनेटमा के गर्ने र के नगर्ने भनेर जनचेतना र सचेत गराउनु रहेको फाउन्डेसनले जनाएको छ ।