कीवर्डहरू -

नागरिक एपमा उपलब्ध भएको ड्राइभिङ लाइसेन्स सेवा प्राविधिक कारणले बन्द, छिट्टै उपलब्ध हुने

नागरिक एपमा उपलब्ध भएको ड्राइभिङ लाइसेन्स सेवा प्राविधिक कारणले बन्द, छिट्टै उपलब्ध हुने

नागरिक एपमा उपलब्ध भएको ड्राइभिङ लाइसेन्स सेवा हाललाई बन्द गरिएको छ । प्राविधिक र नेटवर्कको समस्याले  नागरिक एपमा उपलब्ध भएको ड्राइभिङ लाइसेन्स सेवा हाललाई बन्द गरिएको हो ।

हालका समस्याहरू समाधान गर्न यातायात व्यवस्था विभागसँग सहकार्य गरिरहेको नागरिक एपले जनाएको छ । छिट्टै ड्राइभिङ लाइन्सेन्स सेवा एप उपलब्ध हुने नागरिक एपले बताएको छ ।

नागरिक एपले एन्ड्रोइड एपमा आईतबार ड्राइभिङ लाइसेन्स लिंक गर्न मिल्ने सुविधा ल्याएको थियो । नागरिक एपमा अहिले २५ भन्दा बढी सरकारी सेवाहरू उपलब्ध छन् ।