कीवर्डहरू -

आफ्नो पासवर्ड र ओटीपी कोड कसैलाई नदिन साइबर ब्यूरोको आग्रह 

आफ्नो पासवर्ड र ओटीपी कोड कसैलाई नदिन साइबर ब्यूरोको आग्रह 

नेपाल प्रहरीको साइबर ब्यूरोले आफ्नो पासवर्ड, ओटीपी कोड लगायतका संवेदनशील विषयको जानकारी कसैलाई नदिन आग्रह गरेको छ । मंगलबार एक सूचना जारी गर्दै ब्यूरोले यस्तो आग्रह गरेको हो ।

ब्यूरोको सूचनामा भनिएको छ, ‘पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल ह्वाट्सएप, भाइबर, इमो लगायतका विभिन्न सोसल एप्समार्फत भिडिओ, अडियो तथा टेक्स्ट म्यासेज गरी मोबाइल बैंकिङको युजरनेम तथा पासवर्ड माग्ने, नक्कली वेबसाइट बनाई ग्राहहको गोप्य सूचना लिने तथा तपाईलाई यति रकम चिठ्ठा परेको छ ।’

‘उक्त चिठ्ठा परेवापत भन्दै ट्याक्स क्लियरेन्स गर्नुपर्ने भएकाले बैंक तथा अनलाइन पेमेन्ट गेटवेमा पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृत्ति बढिरहेको पाईएको हुँदा यस्ता भ्रामक कुरामा विश्वास नगर्न हुन साथै कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ष, ओटीपी कोड वा संवेदनशील विषयको जानकारी कोही कसैलाई पनि नदिई प्रविधिको दूरूपयोबाट बच्न तथा ठगी हुनबाट सतर्कता अपनाउन साइबर ब्यूरो अनुरोध गर्दछ’ उक्त सूचनामा उल्लेख गरिएको छ ।

साथै नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागद्वारा समय समयमा विद्युतीय माध्यमबाट वित्तिय कारोबार गर्दा हुन सक्ने जोखिमका सम्बन्धमा जारी भएका सूचनाबाट जानकारी लिन साइबर ब्यूरोले अनुरोध गरेको छ ।

\"\"