कीवर्डहरू -

प्र्यांकको नाममा शारीरिक तथा मानसिक सास्ती दिने २७ वर्षिय युवा पक्राउ

प्र्यांकको नाममा शारीरिक तथा मानसिक सास्ती दिने २७ वर्षिय युवा पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले प्र्यांकको नाममा शारीरिक तथा मानसिक सास्ती दिने व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार नेपाली प्यांकस्टर्स युट्यब च्यानलमा भिडियो राख्ने झापाका आकाश सेडाईलाई पक्राउ गरेको हो ।

सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करी (प्र्यांक) को नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलाप गरी सोको गोप्य भिडियो तयार गरी उक्त भिडियो नेपाली प्यांकस्टर्स (Nepali Pranksters) नामक युट्यब च्यानलमा राख्ने झापा विर्तामोड ४ का २७ वर्षिय आकाश सेडाईलाई पक्राउ गरेको ब्यरोले जनाएको छ ।

उनी हाल भक्तपुर कौशलटारमा बस्दै आएका थिए । ब्यूरोका अनुसार  सेडाईलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकोले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर फागुन ३ गते पक्राउ गरिएको हो ।

अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गृह मन्त्रालयले यसअघि एक सूचना जारी गर्दै व्यक्तिको अनुमति बिना फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नेलाई कारवाही गर्ने चेतावनी दिएको थियो ।

\"\"