कीवर्डहरू -

टेलिकमको प्रवक्तामा अधिकारी नियुक्त

टेलिकमको प्रवक्तामा अधिकारी नियुक्त

नेपाल टेलिकमले कम्पनीको प्रवक्तामा शोभन अधिकारीलाई नियुक्त गरेको छ । केन्द्रीय कार्यालयस्थित प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक अधिकारीलाई प्रवक्तामा नियुक्त गरेको हो ।

शुक्रबार टेलिकमको प्रवक्तामा अधिकारीलाई नियुक्त गरिएको टेलिकमको जानकारी दिएको हो ।यसअघि टेलिकमको प्रवक्ता राजेश जोशी रहेका थिए ।