कीवर्डहरू -

इसेवाको कर्मचारी भन्दै ७ लाख ठगी गर्ने २ जना पक्राउ

इसेवाको कर्मचारी भन्दै ७ लाख ठगी गर्ने २ जना पक्राउ

इसेवाको कर्मचारी भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । महानगरी अपराध महाशाखाले इसेवाको कर्मचारी भन्दै ठगी गर्ने रौतहट घर भई हाल विरगंजका सुभम साह र सर्फराज आलमलाई फागुन ८ गते पक्राउ गरेको हो ।

इसेवाले बोनस बाडदै छ भन्दै आफ्नै इसेवामा ५० हजार रकम जम्मा गरेमा २,५०० बोनस पाईन्छ भनी ९८२९४०२०४९ नम्बरबाट इसेवाको कर्मचारी बोलेको भनी रकम गर्न लगाएको प्रहरीले जनाएको छ ।

उक्त फोनको विश्वासमा परी पिडितले रकम जम्मा गरेका थिए । बोनस प्राप्त गर्नको लागि कुराकानी गर्दा विभिन्न कुराहरु गरी विश्वासमा पारी पिडितको इसेवाको ओटीपी प्राप्त गरे पश्चात बैंक खातामा समेत पहुँच बनाई सात लाख सत्ताईस हजार तीन सय अठचालिस रूपैयाँ ठगि गरिएको थियो ।

त्यसपछि पीडितले ठगीएको उजुरी महाशाखाशामा गरेका थिए । महाशाखाले अनसन्धान गर्दा उक्त ठगी गरेको रकमले टिकटिकमा विक्रीको लागी राखिएको आईफोन १३ प्रो म्याक्स १ लाख ९० हजारमा किन्ने सहमती गरी पिडितको खाताबाट सिधै मोबाईल बिक्रेताको खातामा रकम रकमान्तर गरेको र सो मोबाईल विरगंजबाट पाउने गरी पठाउन लगाएको बुझिएको महाशाखाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार ठगीको रकम विभिन्न सामान किन्न अन्य व्यक्तिहरुका खातामा समेत पठाइएको पाईएको र सोको अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा उनीहरूलाई जिला प्रहरी कार्यालयले पर्सासंगको समन्वयमा पक्राउ गरेको थियो । अहिले उनीहरूलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको छ ।