कीवर्डहरू -

आइफोन १४ को डिजाइन लिक, आइफोन १४ प्रो र प्रो म्याक्समा ८ जिबी र्‍याम हुने

आइफोन १४ को डिजाइन लिक, आइफोन १४ प्रो र प्रो म्याक्समा ८ जिबी र्‍याम हुने

एप्पलको आइफोन १४ को डिजाइन लिक भएको छ । एप्पलको सही लिक दिने साईट ईलेकको अनुसार आईफोन १४ मा सबैभन्दा महत्वपूर्ण फिचर १२० हर्जको रिफ्रेस रेट हुँदैन् ।

हालै अनलाइनमार्फत बाहिर आएको जानकारी अनुसार आईफोन फोर्टिन पन्चहोल डिस्प्ले डिजाइनका साथ आउन सक्ने जनाइएको छ । परम्परागत रुपमा एप्पलले नच डिस्प्ले प्रयोग गर्दै आएको छ ।

एप्पलले दुवै आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्सलाई ८ जिबी र्याम दिने भएको छ । यसमा आईफोन एक्स जस्तै एलटिपिएस डिस्प्ले हुने जनाइएको छ ।

एप्पलको आगामी फोन सन् २०२२ को मध्यतिर सार्वजनिक हुने अपेक्षा गरिएको छ । यो विषयमा हालसम्म आधिकारिक जानकारी भने उपलब्ध भएको छैन् ।

तर, कम्पनीले आईफोन फोर्टिन सिरिजमा आईफोन फोर्टिन प्लस र प्रो गरी तीन फरक भेरियन्ट उपलब्ध हुनेछ । यसका साथै आईफोन फोर्टिनमा क्यूएलसी फ्लाश मेमोरी रहने बताइएको छ ।