कीवर्डहरू -

आज डिजिटल लर्निङ डे, ‘अबको परिवर्तन डिजिटल शिक्षासँगै’ सन्देशसहित नेपालमा पनि मनाइँदै

आज डिजिटल लर्निङ डे, ‘अबको परिवर्तन डिजिटल शिक्षासँगै’ सन्देशसहित नेपालमा पनि मनाइँदै

आज फ्रेबुअरी २२ अर्थात डिजिटल लर्निङ डे । आज नेपालसहित विश्वभर डिजिटल लर्निङ डे मनाइँदै छ ।नेपालमा पनि निमा एकेडेमीले ‘अबको परिवर्तन डिजिटल शिक्षासँगै’ सन्देशसहित विविध कार्यक्रम आयोजना गरेको छ ।

यस वर्षको डिजिटल लर्निङ डे निमा एकेडेमीको आयोजना तथा भाइबर, इसेवा, कारखाना, जेनेस क्लाउड एकेडेमी, लिभिङ विथ आइसिटी, कनेक्ट आईपीएस, नेपाल टेलिकम, भायानेट, आईएमई पे, खल्ती, पिक्सेल टचको सहकार्यमा मनाइँदै छ ।

निमा एकेडेमीले फेब्रुअरी १८ देखि डिजिटल लर्निङ सम्बन्धि कार्यक्रम शुरू गरिसकेको छ । फेब्रुअरी १८ देखि सामाजिक सञ्जालबाट बच्चाहरूका लागि क्विज कम्पिटिसन, एक्सपेरियन्स शेयरिङ, गिभअवे, ब्रेनको खेल, कथा बाचन, ई-लर्निङ टिप्स लगायतका क्रियाकलाप गरिरहेको निमा एकेडेमीकी सीओओ नेहा जोशीले बताइन् ।

फेब्रुअरी २२ अर्थात आज डिजिटल लर्निङ डेको महत्व, कस्तो हुनुपर्छ, विश्वभर कसरी भइरहेको छ र डिजिटल लर्निङको महत्व लगायतका विषयमा कुराकानी गरिने उनले जानकारी दिइन् ।

कार्यक्रम निमा एकेडेमीका विभिन्न सामाजिक सञ्जालबाट साझ साढे ६ बजे प्रत्यक्ष प्रसारण हुनेछ । आज एकेडेमीले क्विज प्रतियोगिका विजेता पनि घोषणा गर्दैछ र पुरस्कार पनि वितरण गर्दैछ । निमा एकेडेमीले डिजिटल लर्निङ डेको अवसरमा फेब्रुअरी २७ सम्म विविध कार्यक्रम आयोजना गर्नेछ ।

सन् २०१२ देखि डिजिटल लर्निङ डे मनाउन शुरू गरिएको छ । नेपालमा पनि निमा एकेडेमीले नेपालमै पहिलो पटक सन् २०१९ बाट डिजिटल लर्निङ डे मनाउन शुरू गरेको थियो ।

यो पनि पढ्नुहोस्ः डिजिटल लर्निङको जनचेतना बढाउन डिजिटल लर्निङ डे मनाउँदै छौंः सीओओ जोशी (अन्तर्वाता)