कीवर्डहरू -

राम्रो ब्याट्री लाइफको फिचरसहित आईफोन १४ उपलब्ध हुने

राम्रो ब्याट्री लाइफको फिचरसहित आईफोन १४ उपलब्ध हुने

एप्पलले आईफोन १४ मा राम्रो ब्याट्री लाइफको फिचर राखिने भएको छ । आइफोनमा प्रयोग हुने चिप एसएमसी ६ न्यानोमिटर प्रक्रियाले निर्माण गरिएको हुनाले ब्याट्री लाइफको फिचर पनि वृद्धि भएको हो ।

आईफोन १३ले नै एक चार्जमा १९ घण्टा चलाउन सकिन्छ । अझै राम्रो ब्याट्री लाइफ गरेपछि पक्कै पनि चार्ज धेरैसमय टिक्ने गर्दछ ।   आईफोन १४ मा सबैभन्दा महत्वपूर्ण फिचर १२० हर्जको रिफ्रेस रेट हुँदैन् ।

हालै अनलाइनमार्फत बाहिर आएको जानकारी अनुसार आईफोन फोर्टिन पन्चहोल डिस्प्ले डिजाइनका साथ आउन सक्ने जनाइएको छ । परम्परागत रुपमा एप्पलले नच डिस्प्ले प्रयोग गर्दै आएको छ ।

एप्पलले दुवै आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्सलाई ८ जिबी र्याम दिने भएको छ । यसमा आईफोन एक्स जस्तै एलटिपिएस डिस्प्ले हुने जनाइएको छ ।

एप्पलको आगामी फोन सन् २०२२ को मध्यतिर सार्वजनिक हुने अपेक्षा गरिएको छ । यो विषयमा हालसम्म आधिकारिक जानकारी भने उपलब्ध भएको छैन् ।

तर, कम्पनीले आईफोन फोर्टिन सिरिजमा आईफोन फोर्टिन प्लस र प्रो गरी तीन फरक भेरियन्ट उपलब्ध हुनेछ । यसका साथै आईफोन फोर्टिनमा क्यूएलसी फ्लाश मेमोरी रहने बताइएको छ ।